बैतडी — सुर्नया गाउँपालिका–४ घर भएका नेपाल विद्यार्थी संघ (नेविसंघ) नेता जयन्तप्रसाद भट्टले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउन तथा विद्यार्थी र युवाका सवाललाई पार्टीको नेतृत्व तहमा प्रभावकारी रूपमा उठाउने उद्देश्यसहित आफूले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेको नेवि संघ नेता जयन्त प्रशाद भट्टले बताएका छन्।
नेविसंघको राजनीतिमा सक्रिय रहँदै आएका भट्टले युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राखेर पार्टी संगठनमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुर्नया गाउँपालिका–४ बाट कांग्रेसको राजनीतिमा सक्रिय भट्टको उम्मेदवारी घोषणासँगै स्थानीय पार्टी पंक्तिमा समेत चासो बढेको छ।












प्रतिक्रिया ०
सभ्य, विषयसँग सम्बन्धित र जिम्मेवार प्रतिक्रिया लेख्नुहोस्।