6:34 PM NPT
ब्रेकिङ
सुर्नया–४ मा तीज विशेष खुला देउडा प्रतियोगिता भव्य रूपमा सम्पन्न,११ देउडिया सम्मानितएमाले र कांग्रेस छाडेर डिलाशैनीमा दुई जना रास्वपामा प्रवेशउदयदेव पाटन प्रिमियर लिग सिजन-६ कात्तिक ८ देखि हुनेसुर्नया–४ को तीज विशेष देउडा प्रतियोगितामा अम्बादत्त जोशी र टिका साउद आउँदैजामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर र मुस्लिम समुदायको बाढीपीडितका लागि २ लाख ७४ हजार सहयोग
बैतडी --°C
|
काठमाडौं --°C
|
धनगढी --°C

सुर्नया–४ मा तीज विशेष खुला देउडा प्रतियोगिता भव्य रूपमा सम्पन्न,११ देउडिया सम्मानित

सुर्नया–४ मा तीज विशेष खुला देउडा प्रतियोगिता भव्य रूपमा सम्पन्न,११ देउडिया सम्मानित
Exif_JPEG_420
पोस्ट गरिएको — २९ भदौ २०८३ · ६:३३ PM
हरिशचन्द्र भाट
लेखकवरिष्ठ लेखक२१६ प्रकाशित समाचार
यो समाचार शेयर गर्नुहोस्


बैतडी । सुर्नया गाउँपालिका–४ वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको तीज विशेष खुला मौलिक देउडा प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

हरितालिका तीजको अवसरमा आयोजना गरिएको कार्यक्रममा स्थानीय कला, संस्कृति र मौलिक देउडाको संरक्षण तथा प्रवर्द्धनमा जोड दिइएको थियो। कार्यक्रममा देउडा प्रेमी, कलाकार, महिला दिदीबहिनी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा चर्चित देउडिया कलाकार अम्बादत्त जोशी र टिका साउद लगायत स्थानीय देउडिया कलाकारहरूले समेत आफ्नो प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुति र मौलिक देउडाका कारण कार्यक्रम थप आकर्षक बनेको थियो।

कार्यक्रमका क्रममा ११ जना देउडिया कलाकारलाई सम्मान समेत गरिएको छ। लामो समयदेखि देउडा गीत तथा सुदूरपश्चिमको मौलिक कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका कलाकारहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

वडा कार्यालयले आयोजना गरेको कार्यक्रमले नयाँ पुस्तालाई समेत मौलिक देउडा तथा स्थानीय संस्कृतिप्रति आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

सुर्नया गाउपालिका प्रवक्ता एबम वडा नम्बर ०४ का अध्यक्ष प्रताप महराले समापन कार्यक्रममा बोल्दै देउडा सुदूरपश्चिमको पहिचान भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको बताएका थिए। पछिल्लो समय आधुनिक संस्कृतिको प्रभाव बढ्दै जाँदा मौलिक कला र परम्परा ओझेलमा पर्न सक्ने भएकाले स्थानीयस्तरबाट यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिइएको थियो।

वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रमले तीज पर्वलाई सांस्कृतिक उत्सवका रूपमा मनाउँदै स्थानीय प्रतिभा, देउडा कलाकार र मौलिक संस्कृतिलाई एउटै मञ्चमा जोड्ने काम गरेको आयोजकको भनाइ छ।
सुर्नया–४ मा आयोजित तीज विशेष देउडा कार्यक्रमले मौलिक संस्कृति संरक्षणसँगै कलाकारको सम्मान र स्थानीय प्रतिभाको प्रवर्द्धनमा महत्वपूर्ण सन्देश दिएको छ।

1000012790

तपाईंको प्रतिक्रिया

यो समाचारबारे तपाईंलाई कस्तो लाग्यो?

ट्यागहरू:

यस लेखकका थप समाचार

सबै हेर्नुहोस्
पाठक संवाद

प्रतिक्रिया

सभ्य, विषयसँग सम्बन्धित र जिम्मेवार प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *

समाचार खोज्नुहोस्

खबरथली