बुधबार · २१ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

करिब साँढेचार बर्षदेखि पाटन एयरपोर्टमा हवाई उडान बन्द हुँदा बैतडीबासी चिन्तित

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • पुस २० बैतडी : बैतडीको पाटन-धनगढी उडान एक डेढ वर्षदेखि ठप्प रहेको छ।
  • पाटनबाट २०७८ चैत १० गते समिट एयरले अन्तिम उडान भरेको थियो।
  • त्यसयता पाटन-धनगढी कुनै उडान हुन सकेको छैन।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

पुस २० बैतडी : बैतडीको पाटन-धनगढी उडान एक डेढ वर्षदेखि ठप्प रहेको छ। पाटनबाट २०७८ चैत १० गते समिट एयरले अन्तिम उडान भरेको थियो। त्यसयता पाटन-धनगढी कुनै उडान हुन सकेको छैन। यात्रु अभावको कारण देखाउँदै उडान नभरेको समिट एयरले जनाएको छ।
यात्रु नभएकै कारण समिट एयरले धनगढी-पाटन उडान समिट एयरलाइंसले स्थगित गरेको थियो।
पाटनदेखि धनगढी पुग्न १७ मिनेटको हवाई यात्रा छ । भाडा भने पाँच हजार तोकिएको छ। समिटले प्रत्येक बिहीबार उडान भर्दै आएको थियो।

नियमित उडान नहुने र भाडा पनि महँगो भएको हुनाले यात्रु पाउन मुस्किल हुने गरेको सेवाग्राहीको भनाइ छ । भाडा समायोजन गरी यात्रुहरूको सहजताका लागि नियमित उडान भर्नुपर्ने पाटन ०६ सहकर्मी मनमोहन बिष्टले बताए। ‘१७ मिनेटको हवाई दूरीमा चारदेखि पाँच हजार भाडा धेरै हो, समायोजन गरेर नियमित सञ्चालन गर्न सके सहज हुन्थ्यो, यात्रु पनि भेटिन्छन्,’ उहाँले भन्नुभयो ।

विमानस्थल सञ्चालनमा नआउँदा राज्यको लगानीको दुरुपयोग भएको छ भने नागरिकले सेवासमेत पाउन सकेका छैनन् । जहाज नआउँदा विमानस्थलको धावनमार्गमा स्थानीयहरूले टिकटकसमेत बनाउने गरेका छन् । बैतडी जिल्लाले पटक पटक नेपाल सरकारको मन्त्री हाकिरहदा पनि साँढेचार बर्षदेखि हवाई उडान बन्द हुँदा बैतडीबासी चिन्तित बनेकाछन।

द्वन्द्वकालका बेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त भएपछि २०५२ सालयता पूर्ण रूपमा विमानस्थल बन्द रहेको थियो । २६ वर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परीक्षण उडान गरेको थियो । २०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला बन्द भएको थियो । तर, २६ वर्षपछि २०७७ सालबाट सञ्चालनमा आए पनि यात्रु अभावको कारण देखाउँदै त्यसको एक वर्षपछि २०७८ चैत १० गतेयता व्यावसायिक उडान हुन सकेको छैन भने सम्बन्धित निकाय मौन देखिन्छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।