मंगलबार · २० असोज २०८३ काठमाडौं२२°C
KHABARTHALI NEWSROOM मंगलबार २० असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडी जिल्ला अस्पताल देशभरमा रहेका प्राथमिक अस्पतालहरु मध्ये उत्कृष्ट अस्पताल बन्न सफल

khabarthali
संवाददाता ६ समाचार · नयाँ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी,बैतडी जिल्ला अस्पताल देशभरमा रहेका प्राथमिक अस्पतालहरु मध्ये उत्कृष्ट अस्पताल बन्न सफल भएको छ ।
  • नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले गरेको न्युनतम सेवा मापदण्ड मुल्यांकनका आधारमा बैतडी अस्पताल लगातार उत्कृष्ट स्थानमा आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.सुशिल बिकले बताए ।
  • उनले अतिरिक्त सुबिधा सहितका अस्पतालहरु मध्ये भक्तपुर उत्कृष्ट भएकोमा प्राथमिक अस्पतालमा भने बैतडी उत्कृष्ट भएको बताए ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।
IMG 20240615 WA0001

बैतडी,बैतडी जिल्ला अस्पताल देशभरमा रहेका प्राथमिक अस्पतालहरु मध्ये उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले गरेको न्युनतम सेवा मापदण्ड मुल्यांकनका आधारमा बैतडी अस्पताल लगातार उत्कृष्ट स्थानमा आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.सुशिल बिकले बताए । उनले अतिरिक्त सुबिधा सहितका अस्पतालहरु मध्ये भक्तपुर उत्कृष्ट भएकोमा प्राथमिक अस्पतालमा भने बैतडी उत्कृष्ट भएको बताए । यसरी लगातार जिल्ला अस्पताल उत्कृष्ट आउनुमा व्यवस्थापन समिति, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताइन् । अस्पतालको नेतृत्व र वर्तमान कार्यालय प्रमुख डा. सुशिल विकको कार्यकौशलताले देशभरमै अस्पताललाई चिनाउन सम्भव भएको उनले बताइन् । प्राथमिक अस्पतालहरुको पछिल्लो मुल्यांकन मध्ये तेश्रो बर्षको रिपोर्ट सार्वजनिक हुन बाँकी रहेपनि लगातार २ पटक उत्कृष्ट अस्पताल बन्न सफल भएको हो । तेस्रो पटकको रिर्पोट सार्वजनिक भएको अवस्थामा समेत अस्पताल उत्कृष्ट अस्पतालकै रुपमा देखिने जिल्ला नेतृत्वको बिश्वास छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।