बिहीबार · २२ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM बिहीबार २२ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

दुहुँ गाउँपालिकाले सञ्चालनमा ल्यायो आफ्नै गाउँबस, दैनिक दुईपटक सेवा दिने

हरिशचन्द्र भाट
समाचार प्रमुख २४५ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी— दार्चुलाको दुहुँ गाउँपालिकाले स्थानीय नागरिकलाई सहज र सुलभ यातायात सेवा उपलब्ध गराउने उद्देश्यले आफ्नै गाउँबस सेवा सञ्चालनमा ल्याएको छ।
  • गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले बुधबार बस सेवाको औपचारिक उद्घाटन गरेका हुन्।
  • गाउँपालिकाले खरिद गरेको बस दुहुँ गाउँपालिका–५ चल्लेगाडादेखि महाकाली नगरपालिका–४ रिङनतालसम्म सञ्चालन हुनेछ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी— दार्चुलाको दुहुँ गाउँपालिकाले स्थानीय नागरिकलाई सहज र सुलभ यातायात सेवा उपलब्ध गराउने उद्देश्यले आफ्नै गाउँबस सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले बुधबार बस सेवाको औपचारिक उद्घाटन गरेका हुन्।

गाउँपालिकाले खरिद गरेको बस दुहुँ गाउँपालिका–५ चल्लेगाडादेखि महाकाली नगरपालिका–४ रिङनतालसम्म सञ्चालन हुनेछ। बसले उक्त रुटमा दैनिक दुईपटक सेवा दिनेछ।

गाउँपालिकाले सार्वजनिक गरेको समयतालिकाअनुसार पहिलो सिफ्टमा चल्लेगाडाबाट बिहान ८ बजे बस छुट्ने र रिङनतालबाट दिउँसो १२ बजे छुट्ने व्यवस्था गरिएको छ। यस्तै, दोस्रो सिफ्टमा चल्लेगाडाबाट दिउँसो २ बजे र रिङनतालबाट साँझ ६ बजे बस छुट्नेछ।

गाउँपालिकाले सार्वजनिक गरेको भाडादरअनुसार रिङनतालदेखि श्रीबगर ३०, तिमुरपाटा ६०, सल्ली ७०, सिमली ९०, दौला १००, जोशीगाउँ १२०, धारी १३०, चल्लेगाडा १५०, गरमौरा १७०, हिकिला २००, बास्पाली २२० र बिणसम्म २५० रुपैयाँ कायम गरिएको छ। न्यूनतम भाडा १० रुपैयाँ तोकिएको छ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाले दुईवटा बस खरिदका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर एउटा बसको मूल्य नै करिब ५८ लाख रुपैयाँ परेपछि तत्काल एउटा बस खरिद गरी बाँकी रकम अन्य विकास तथा सार्वजनिक सेवाका क्षेत्रमा खर्च गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बडालले बताएका छन्।

यस सेवाले दुहुँका नागरिकलाई सदरमुकाम आवतजावतमा सहजता हुनुका साथै यात्रा खर्च र समयसमेत बचत हुने अपेक्षा गरिएको छ।

1000013111

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।