धनगढी । सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट उत्कृष्ट प्रदर्शन गरेका युवा क्रिकेटरहरू फाइनल चरणका लागि छनोट भएका छन्। छनोट भएका खेलाडीलाई सुदूरपश्चिम रोयल्स अपी, खप्तड, रामारोशन र साइपाल गरी चार टिममा विभाजन गरिएको छ।
ट्यालेन्ट हन्टमा सहभागी विभिन्न जिल्लाका युवा खेलाडीमध्ये प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको हो। उनीहरूले अब फाइनल चरणमा प्रतिस्पर्धा गर्दै आफ्नो प्रतिभा देखाउने अवसर पाउनेछन्।
सुदूरपश्चिम रोयल्स अपी टिममा भास्कर जोशी, रुपेश चन्द, सुमित सिंह बुडाल, रबिन भण्डारी, सन्दीप साउद, निरदेशन कुँवर, विराज बिष्ट, अमर चन्द, सन्तोष बिश्वकर्मा, प्रकाश जोशी, आशिष शाहु र रोहन बि क रहेका छन्।
त्यस्तै, सुदूरपश्चिम रोयल्स खप्तडमा निर्मल खड्का, अभिषेक थापा, लाभराज जोशी, दीपक रोकाया, किरण धामी, उपेन्द्र खत्री, सागर खड्का, आर्यन बीके, हेमन्त बुढा, जीवनकुमार कार्की, अर्जुन बिष्ट र डम्बर माझी छनोट भएका छन्।
सुदूरपश्चिम रोयल्स रामारोशन टिममा राहुल चन्द, यशकुमार कथायत, सुनिल कडायत, राजदीप आचार्य, प्रकाश माझी, विरेन्द्र बम, अभिषेक बुडायर, रोहन अयाडी, महेन्द्र थगुन्ना, जय बद्रनाथ योगी, धीरेन्द्र साउद, सिरजल ओड र गणेश थापा रहेका छन्।
त्यसैगरी, सुदूरपश्चिम रोयल्स साइपालमा आर्यन तमट्टा, सुदांशु रावल, कृष अयर, लोकेश जोशी, मनिष बिष्ट, टेक थलाल, कृष्णा भट्ट, ओमराज घिमिरे, निरज पार्की, हिमांशु सिंह धामी, निरज सार्की, खगेन्द्र महरा र अंकित चन्द रहेका छन्।
फाइनल चरणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले सुदूरपश्चिम रोयल्सको आगामी प्रतियोगिताका लागि टोलीमा स्थान बनाउने अवसर पाउनेछन्। युवा प्रतिभालाई पहिचान गर्दै क्रिकेटको विकासमा योगदान पुर्याउने उद्देश्यले ट्यालेन्ट हन्ट आयोजना गरिएको रोयल्सले जनाएको छ।







पाठक प्रतिक्रिया ०