काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान र क्यानडासँग हुने त्रिकोणात्मक सिरिजका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको टोलीमा सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुलशन झा, बशीर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल रहेका छन्।
ओमानमा हुने सिरिजमा नेपालले क्यानडासँग दुई तथा ओमानसँग दुई गरी चार खेल खेल्नेछ। निर्धारित तालिकाअनुसार नेपालले अक्टोबर ११ र १७ मा क्यानडासँग तथा अक्टोबर १३ र १९ मा ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
लिग–२ को यो नेपालका लागि अन्तिम सिरिज हो। नेपाल हाल अंकतालिकाको सातौँ स्थानमा रहेकाले यी चार खेल महत्वपूर्ण छन्।
नेपालको १५ सदस्यीय टोली:
कप्तान सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुलशन झा, बशीर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल।







पाठक प्रतिक्रिया ०