सोमबार · २६ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीका समाजसेवी विष्ट रास्वपाबाट समानुपातिक उम्मेदवार बन्ने दौडमा

हरिशचन्द्र भाट
समाचार प्रमुख २४९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडीका चर्चित समाजसेवी बिर बहादुर विष्ट रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार बन्ने दौडमा उत्रिएका छन्।
  • पछिल्लो समय निरन्तर सामाजिक सेवामार्फत जनतामाझ लोकप्रिय बन्दै आएका विष्टले रास्वपाको खस–आर्य प्रवास कोटाबाट सांसद पदका लागि औपचारिक रूपमा आवेदन दिएका हुन्।
  • देशभित्रै श्रम, सीप र उद्यमको वातावरण निर्माण गर्ने तथा विदेशमा आर्जन गरिएको ज्ञान, सीप र पूँजीलाई राष्ट्र निर्माणमा प्रयोग गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको विष्टले बताए।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडीका चर्चित समाजसेवी बिर बहादुर विष्ट रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार बन्ने दौडमा उत्रिएका छन्।

पछिल्लो समय निरन्तर सामाजिक सेवामार्फत जनतामाझ लोकप्रिय बन्दै आएका विष्टले रास्वपाको खस–आर्य प्रवास कोटाबाट सांसद पदका लागि औपचारिक रूपमा आवेदन दिएका हुन्।

देशभित्रै श्रम, सीप र उद्यमको वातावरण निर्माण गर्ने तथा विदेशमा आर्जन गरिएको ज्ञान, सीप र पूँजीलाई राष्ट्र निर्माणमा प्रयोग गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको विष्टले बताए।

पार्टीले आह्वान गरेअनुसार तोकिएको धरौटीसहित आवेदन बुझाएको उनको भनाइ छ।साबिकाे बासुलिङ गाविस–३ ग्वानी र हाल सुर्नया गाउँपालिका–२ ग्वानी निवासी विष्टको जन्म वि.सं. २०५० सालमा भएको हो। बुवा रण बहादुर विष्ट र आमा मानमती विष्टका सुपुत्र उनी विगत एक दशकदेखि भारतको हैदराबादमा बस्दै आएका छन्।

प्रवासमै रहेर पनि उनले निरन्तर समाजसेवा गर्दै आएका छन्।प्रविणता तहसम्म अध्ययन गरेका विष्ट विपन्न परिवारमा जन्मिएर संघर्षबाट अघि बढेका व्यक्ति हुन्।

भारतमा श्रम गरेर आफू सक्षम बनेपछि उनले समस्यामा परेका नेपालीलाई आर्थिक, सामाजिक र मानवीय सहयोग गर्दै आएका छन्। गरिबीको पीडा नजिकबाट बुझेका कारण उनी समाजसेवामा अझ सक्रिय देखिन्छन्।

भारत पुगेको एक दशकको अवधिमा उनले आफूसँगै सयौँलाई रोजगारीमा जोड्न सफल भएका छन्।

घर, देश वा प्रदेश—जहाँसुकै समस्या परे पनि विनोद विष्ट पीडितका “दुखेका घाउमा मलहम” बन्ने गरेका स्थानीय बताउँछन्।

कोरोना महामारीका बेला निःशुल्क एम्बुलेन्स सञ्चालन, विद्यालयहरूमा शैक्षिक सामग्री, भित्ते घडी वितरण, बाटो–घाटो, पुल–पुलेसा तथा मठमन्दिर निर्माणमा आर्थिक सहयोग उनका नियमित सामाजिक काम हुन्।

यही निरन्तर सेवाकै कारण उनी बैतडीका जनतामाझ लोकप्रिय समाजसेवीका रूपमा चिनिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचि सार्वजनिक गरेको छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।