सोमबार · २६ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको सुर्नयामा २१ दिन देखि तालाबन्दी,सेवाग्राही समस्यामा

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बझाङ: बैतडीको सुर्नया गाउँपालिकामा लागेको तालाबन्दी आजसम्म खुल्न सकेको छैन ।
  • सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते जेनजी समूहका युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।
  • आफूले माग गरेका सूचनाहरू उपलब्ध नगराएसम्म तालाबन्दी नखोल्ने अडान राखेका युवाहरूले आजसम्म ताला खुल्न दिएका छैनन् ।  यसरी लामो समयसम्म ताला नखुल्दा सेवा प्रवाहमा समस्या भइरहेको छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बझाङ: बैतडीको सुर्नया गाउँपालिकामा लागेको तालाबन्दी आजसम्म खुल्न सकेको छैन । सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते जेनजी समूहका युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । 

आफूले माग गरेका सूचनाहरू उपलब्ध नगराएसम्म तालाबन्दी नखोल्ने अडान राखेका युवाहरूले आजसम्म ताला खुल्न दिएका छैनन् । 

यसरी लामो समयसम्म ताला नखुल्दा सेवा प्रवाहमा समस्या भइरहेको छ । पालिकाबाट पाउनुपर्ने नियमित सेवा नपाउँदा आम सर्वसाधारण सेवाग्राहीलाई समस्या हुने भएकाले समयमा नै निकास खोजेर सहज वातावरण बनाउनुपर्ने स्थानीय जेवी कुँवरले बताउनुभयो । “जेनजीका जायज मागहरूलाई पालिकाले सम्बोधन गर्नुपर्छ, यसअघि नै सूचना माग गरिएकोमा कर्मचारीहरूबाट समयमा नै उपलब्ध नगराउँदा समस्या देखिएको छ, अहिले तालाबन्दी गरिएको विषयमा गहन छलफल गरी समयमा नै निकास दिनुपर्छ, सर्वसाधारणले पाउनुपर्ने सेवा बन्देज गरिनु हुँदैन” स्थानीय कुँवरले भन्नुभयो ।    

गाउँपालिकाले यसबिचमा तालाबन्दी खोल्ने विषयमा बेलाबेला छलफल गरेको भए पनि सहमति हुन सकेको छैन । 

तालाबन्दी खोल्ने विषयमा आफूहरूले छलफल जारी राखेको गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले बताउनुभयो । केही बुँदाहरूमा सहमति हुन बाँकी रहेकाले छलफल निरन्तर भइरहेको उहाँको भनाइ छ । 

गाउँपालिकाको हितको लागि र पालिकामा सुशासन कायम गर्नको लागि माग अघि सारिएको जेनजी अगुवा विशाल भट्टले बताउनुभयो ।  

गाउँपालिकासमक्ष अघि सारेका मागहरूलाई तुरुन्तै कार्यान्वयन गरिनुपर्ने आफूहरूको माग रहेको भट्टले बताउनुभयो । “गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, सूचना अधिकारीसहितको उपस्थितिमा जिल्ला प्रशासन र जिल्ला समन्वयका पदाधिकारीको रोहबरमा हाम्रा मागहरू पुरा गरिनुपर्छ, केही मागहरू तत्कालै गर्न सकिनेछन्, ती मागहरू तत्काल पुरा गर्नुपर्ने र अन्य मागहरूलाई समय सीमा तोकेर पुरा गर्नुपर्छ, नत्र हाम्रो सहमति हुनेछैन ।” भट्टले भन्नुभयो । 

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।