मंगलबार · २० असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM मंगलबार २० असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुदूरपश्चिमको समग्र विकासलाई माओवादीले पहिलो प्राथमिकतामा राखेको छ : प्रचण्ड

हरिशचन्द्र भाट
समाचार प्रमुख २३९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमको समग्र विकासलाई माओवादीले पहिलो प्राथमिकतामा राखेको बताए।
  • शुक्रबार प्रेस सेन्टर नेपाल डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले दोधाराचाँदनी सुख्खा बन्दरगाहको अवधारणा,गेटाको दशरथ चन्द स्वास्थ्य बिज्ञान  प्रतिस्ठान, परशुरामको परिगाउँमा नेपाल-भारत जोडने दुई देशिय मोटरेवल पक्की पुल झुलाघाटमा नेपाल-भारत जोडने मोटरेवल पुल  मध्यपहाडी लोकमार्गलागयतका थुप्रै भौतिक पूर्वाधारका संरचनाहरु आफ्नो पार्टीको नेतृत्वमा अगाडी बढाइएको बताए । प्रचण्डले २०८४ सम्म मुख्यतः एमालेसँग पार्टी एकता वा गठबन्धन पनि नहुने स्पष्ट पारे ।
  • उनले भने विगतमा असफल भएर पनि फेरि एकपटक प्रयास गर्दा पनि नराम्रोसँग धोका खाएको स्मरण गराउँदै उनले भने, ‘हामीले वामपन्थी एकता होस् भन्ने चाहना राखेकै हो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमको समग्र विकासलाई माओवादीले पहिलो प्राथमिकतामा राखेको बताए।

शुक्रबार प्रेस सेन्टर नेपाल डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले दोधाराचाँदनी सुख्खा बन्दरगाहको अवधारणा,गेटाको दशरथ चन्द स्वास्थ्य बिज्ञान  प्रतिस्ठान, परशुरामको परिगाउँमा नेपाल-भारत जोडने दुई देशिय मोटरेवल पक्की पुल झुलाघाटमा नेपाल-भारत जोडने मोटरेवल पुल  मध्यपहाडी लोकमार्गलागयतका थुप्रै भौतिक पूर्वाधारका संरचनाहरु आफ्नो पार्टीको नेतृत्वमा अगाडी बढाइएको बताए । 

प्रचण्डले २०८४ सम्म मुख्यतः एमालेसँग पार्टी एकता वा गठबन्धन पनि नहुने स्पष्ट पारे । उनले भने विगतमा असफल भएर पनि फेरि एकपटक प्रयास गर्दा पनि नराम्रोसँग धोका खाएको स्मरण गराउँदै उनले भने, ‘हामीले वामपन्थी एकता होस् भन्ने चाहना राखेकै हो। केपीजीसँग एकताको प्रस्ताव राखेर भएको पनि हो। तर, त्यो तोडियो। फेरि पनि एकचोटी हुन्छ त भनेर बल गरेको नराम्रोसँग धोका खाइयो। पार्टीले मात्रै होइन नेपाली जनतालाई पनि धोका भयो। त्यसैले अहिले र २०८४ को चुनावसम्म त्यो सम्भावना छैन।

उनले अहिले आफूहरू सरकार ढलाउने र बनाउनेतिर नभएको बताए। उनले थपे, ‘यद्यपि हामीलाई चिन्ता छ, सरकार गलत बाटोमा हिँडिरहेको छ। सरकारले सुशासन र हामीले सुरु गरेका कामलाई भत्काउने कामतर्फ लागेको छ। सरकार उल्टो बाटो हिँडेकोमा चिन्तित छौँ।’ उनले सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गर्दै उल्टो बाटोमा हिँडेको बताए । ‘हामी चिन्तित छौँ। खबरदारी गरिरहेका छौँ। अहिले नै सरकार ढाल्ने खेलमा छैनौँ। घटनाक्रम जसरी अघि बढेको छ। राम्रो छैन,’ उनले भने। सरकार आफ्नालाई जसरी पनि जोगाउने र विरोधीलाई ठेगान लगाउने बाटोमा हिँडिरहेको दाबी गरे।

प्रचण्डले डडेल्धुराको प्राकृतिक सौन्दर्यताको बयान गर्दै यहाँको जनसंख्यालाई रोक्न उत्पादन र अवसरका विषयमा राज्यले ध्यान दिनुपर्नेमा उनको जोड थियो।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।