बुधबार · २१ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

अछामको साँफे बजारमा आगलागी,१० पसल जलेर नष्ट

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिबार बिहान भएको भीषण आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
  • विहान करिब ३:३० बजे साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा होटलबाट सुरु भएको आगलागीले क्षणभरमै आसपासका पसलहरूमा डढेलो सरह फैलिँदा ठूलो क्षति भएको हो।
  • विद्युत सर्ट भएर सल्किएको आगो होटलबाट सुरु भई छेउका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसलहरूलाई पूर्ण रूपमा खरानी बनाएको स्थानीय व्यवसायीले जनाएका छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिबार बिहान भएको भीषण आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। विहान करिब ३:३० बजे साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा होटलबाट सुरु भएको आगलागीले क्षणभरमै आसपासका पसलहरूमा डढेलो सरह फैलिँदा ठूलो क्षति भएको हो।

विद्युत सर्ट भएर सल्किएको आगो होटलबाट सुरु भई छेउका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसलहरूलाई पूर्ण रूपमा खरानी बनाएको स्थानीय व्यवसायीले जनाएका छन्।

आगलागी पश्चात् स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहकार्यमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो। तर वारूणयन्त्र (दमकल)को अभावले आगो नियन्त्रणमा ढिलाई भएको बताइएको छ।

हालसम्म घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी आएको छ भने क्षतिको विस्तृत विवरण संकलनको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

यसअघि, चैत्र २६ गते जयगढ बजारमा पनि यस्तै आगलागी भएको थियो। उक्त घटनामा ३५ वटा पसलहरु पूर्ण रुपले ध्वस्त हुदा ८ करोड बढीको क्षति भएको थियो ।

करोडौको क्षति र दर्जन बढी नागरिकको उठिबमस हुने गरि जयगढ आगलागी भएको महिना दिन नबित्दै जिल्ला भित्रै अर्को आगलागीको घटना हुदाँ अछामका बासिन्दामा त्रास फैलिएको छ।

स्थानीय सरकार लगायत सरोकारवालाले आगामी दिनमा यस्ता घटनासंगै ठूलो क्षति हुन नदिन दमकलको व्यवस्था अनिवार्य रूपमा गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।