बिहीबार · २२ असोज २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM बिहीबार २२ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

हङकङ सिरिजका लागी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको घोषणा

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
  • २० सदस्यीय बन्द प्रशिक्षणमा रहेको टोलीबाट अन्तिम छनोट गरिएको हो ।
  • बन्द प्रशिक्षणमा रहेका किरण ठगुन्ना, अर्जुन घर्ती, रुपेश सिंह, सन्दीप जोरा, विवेक यादव र दीपेन्द्र रावतले अन्तिम टोलीमा मौका पाएनन् ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । २० सदस्यीय बन्द प्रशिक्षणमा रहेको टोलीबाट अन्तिम छनोट गरिएको हो ।

बन्द प्रशिक्षणमा रहेका किरण ठगुन्ना, अर्जुन घर्ती, रुपेश सिंह, सन्दीप जोरा, विवेक यादव र दीपेन्द्र रावतले अन्तिम टोलीमा मौका पाएनन् ।

सिरिज ९ अप्रिल (चैत २७गते ) बाट सुरु भएर १३ अप्रिल (चैत ३१ गते ) मा सकिनेछ ।

सिरिजको पहिलो खेलमा नेपालले कतारको सामना गर्नेछ । सिरिजमा नेपाल र कतार सहित घरेलु टोली हङकङ तथा कुवेतको सहभागिता रहनेछ ।

नेपालको खेल तालिका यसप्रकार छ :

कतारविरुद्ध अप्रिल ९ (चैत २७) मा

कुवेतविरुद्ध अप्रिल १० (चैत २८) मा

हङकङविरुद्ध अप्रिल १२ (चैत ३०) मा

फाइनल र तेस्रो स्थानका लागि खेल अप्रिल १३(चैत ३१) मा

क्यानका अनुसार सन्दीप लामिछाने शल्यक्रियाबाट रिकभर गर्दै गरेकाले र अनिल साहले चोटका कारण सिरिज गुमाउने छन् ।

नेपाली टोली

रोहित पौडेल(कप्तान), आसिफ शेख, लोकेश बम, बासिर अहमद, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुलशन झा, कुशल मल्ल, कुशल भुर्तेल र शहाब आलम ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।