काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन तयारी तीव्र पारेको छ।
कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपीएलका लागि मैदानको आउटफिल्ड सुधार, पिच मर्मत, नयाँ स्कोरकार्ड बोर्ड तथा आधुनिक प्यारापिट निर्माणलगायतका काम अन्तिम चरणमा पुगेका छन्।
प्रतियोगितालाई थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले यसपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोग गर्ने तयारीसमेत गरिएको छ। डीआरएसको प्रयोगले खेलका महत्वपूर्ण निर्णय पुनरावलोकन गर्न सहज हुने अपेक्षा गरिएको छ।
एनपीएलको तेस्रो संस्करणका लागि मैदानको भौतिक पूर्वाधारसँगै प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिइएको क्यानले जनाएको छ। यसले खेलाडी, अम्पायर तथा दर्शकका लागि प्रतियोगितालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।







पाठक प्रतिक्रिया ०