आइतबार · १८ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM आइतबार १८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

श्री महारुद्र मन्दिरमा दर्शनार्थीहरु को घुइचो

khabarthali
संवाददाता ६ समाचार · नयाँ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी –बडादशैँको नवरात्रको अवसरमा बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित महारुद्र मन्दिरमा दर्शनार्थीको घुइचो बढेको छ ।
  • हरेक बर्षको दशैंको समयमा सो मन्दिरमा पूजाआजा हुने भएकाले टाढा–टाढाबाट भक्तजनहरु आउने गरेका छन् ।
  • महारुद्रको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले महारुद्र धाम धेरैको आस्थाको केन्द्र बनेको मन्दिरका पूजारी देवदत्त भट्टले बताए ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी –बडादशैँको नवरात्रको अवसरमा बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित महारुद्र मन्दिरमा दर्शनार्थीको घुइचो बढेको छ । हरेक बर्षको दशैंको समयमा सो मन्दिरमा पूजाआजा हुने भएकाले टाढा–टाढाबाट भक्तजनहरु आउने गरेका छन् । महारुद्रको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले महारुद्र धाम धेरैको आस्थाको केन्द्र बनेको मन्दिरका पूजारी देवदत्त भट्टले बताए । उनले भने ‘महारुद्र मन्दिरमा दशैंको समयमा धेरै ठाउँका दर्शनार्थीहरु दर्शनका लागि आउने गरेका छन् । महारुद्रको दर्शन गरेमा मनोकामना पुरा हुने जनविश्वास रही आएको छ ।
श्री महारुद्र मन्दिरमा प्रत्येक बर्ष वैशाख संक्रान्ति, वैशाख पूर्णीमा, असोजको नवरात्री, मकर संक्रान्ति, वसन्त पञ्चमीमा विशेष पूजा लाग्दछ भने श्रावण महिनामा गुरुखोला जरकट्टेमा रहेको महारुद्रको भण्डार गृह एवम् मन्दिरमा पूजा नित्य पूजा अर्चना गरी मुख्य कर्मचारी तथा अन्य भक्तजनहरु मन्दिरमै बसेर बत्ती जगाउने तथा पूजा आराधना एवम् भजन किर्तन गर्ने गरेको स्थानीय (धामी)जय बहादुर टेरले बताए ।
दशरथचन्द नगरपालिका –१ जरकट्टेमा रहेको भण्डार घरबाट भण्डार लगेर पूजाआजा लाग्ने गरेको उनले बताए । शारदीय नवरात्रमा घटस्थापनाका दिन भण्डार घरबाट भण्डार लगेर मन्दिरमा जमरा राख्ने चलन रही आएको छ । घटस्थापनाका दिनदेखि नित्य पूजाआराधना गर्ने गरिएको मन्दिरका धामी टेरले बताए ।
महाष्टमीका दिन दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं स्थित प्रसिद्ध निङ्गलाशैनी भगवतीमा पशुबलि सहित जात्रा लाग्ने भएकाले उक्त दिन बिहान महारुद्रको भण्डार, भण्डार घरमा ल्याउने प्रचलन रही आएको छ । बलि सकिएपछि फेरि महाष्टमीको साँझ भण्डारघरबाट भण्डार लगेर पूजाआजा गर्ने चलन रही आएको धामी टेरले बताए ।
यो मन्दिरको स्थापनाकाल कुन हो भन्ने कुराको एकिन गर्ने कुनै ऐतिहासिक आधार नभए पनि यस मन्दिरमा भएको प्राचीन देवल र विभिन्न किंवदन्तीका आधारमा १२ औँ शताव्दी भन्दा अगाडि भएको मान्न सकिने धामी टेरले बताए । टेरले भने ‘महारुद्रको महिमाका बारेमा सबै कुरा कसैलाई पनि थाहा छैन् । तर यो ठाउँमा परापूर्वकालदेखि नै पूजाआजा हुने गरेको छ ।मन्दिर कहिले बनेको भन्ने बिषयमा केही जानकारी छैन् ।’
भगवान शिवको बासस्थानको रुपमा महारुद्र मन्दिरलाई लिन सकिने टेरले बताए । दशैंको बेला यो मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने, रातभर जाग्राम बस्ने चलन समेत रही आएको छ । दशरथचन्द नगरपालिका वडा नं १ को जरकट्टे, काण्डे, मुडाप, पाली लगायतका ठाउँबाट स्थानीयहरुले जौं लगायतका पूजा सामग्री ल्याउने र त्यसपछि घटस्थापनाका दिन सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको धामी टेरले बताए।
महारुद्र मन्दिर नजिकै शम्शान समेत रहेको छ । खोला किनारमा अवस्थित मन्दिरको चारैतिर जंगलले घेरेको छ । महारुद्र मन्दिरको आसपासमा अन्य देवीदेवताहरुका मन्दिरहरु पनि रहेका छन् । महारुद्र देवताको सहायक देवताका रुपमा अन्य देविदेवताका मन्दिरहरु रहेका र क्रमश दिनदिनै ती सहायक मन्दिरहरुमा पनि पुजाआजा गरिने धामी टेरले बताए ।
महारुद्र नजिकै चामुण्डा आमाको मन्दिर रहेकाले यो ठाउँमा शिव र शक्ति दुवैको पूजाआजा हुने गरेको बताइएको छ ।नवरात्रको दशै सम्म हरेक दिन मन्दिरमा नित्य पूजा हुने गरेको पूजारी भट्टले बताए
। दशैंको दिन जमरा काटेर सबैले सामुहिक रुपमा महारुद्र देवताका धामिको हातबाट जमरा लगाई शारदीय नवरात्रको पूजाआजा समापन हुने पूजारी भट्टले बताए 

WhatsApp Image 2024 10 05 at 14.26.33 35cfc27b
WhatsApp Image 2024 10 05 at 14.38.12 12d4b6d5
WhatsApp Image 2024 10 05 at 14.38.12 9d499ee4

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।