सोमबार · २६ असोज २०८३ काठमाडौं२४°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

डोटीमा जिप दुर्घटना,१२ जना घाइते

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बझाङ : डोटीको आदर्श गाउँपालिका–४ ल्वारेगडामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
  • आइतबार दिपायलबाट गोरेलीतर्फ जाँदै गरेको बोलेरो जिप कच्ची सडकमा अनियन्त्रित भई करिब १०० मिटर तल खोल्सामा खस्दा १२ जना घाइते भएका हुन् ।
  • चालक मोहन बिष्टले चलाएको सु।प।प्र।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बझाङ : डोटीको आदर्श गाउँपालिका–४ ल्वारेगडामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आइतबार दिपायलबाट गोरेलीतर्फ जाँदै गरेको बोलेरो जिप कच्ची सडकमा अनियन्त्रित भई करिब १०० मिटर तल खोल्सामा खस्दा १२ जना घाइते भएका हुन् ।

चालक मोहन बिष्टले चलाएको सु।प।प्र। ०२–००१ च ११३५ नम्बरको बोलेरो जिप अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
दुर्घटनापछि घाइतेहरूलाई स्थानीय काँणीस्याउले जि।डी। पोलिक्लिनिकमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी निरीक्षक पदम राज पन्तको कमाण्डमा ९ जनाको टोली खटिएको थियो।

१।भगवती बि।क। २१ वर्ष, देहिमाण्डौं — टाउकोमा चोट, अवस्था सामान्य
२। रितिका बि।क। ५ वर्ष — खुट्टामा चोट, अवस्था सामान्य
३। राजन बि।क। १ वर्ष — मुखमा चोट, अवस्था सामान्य
४। टिका बि।क। ३८ वर्ष — बायाँ हात र खुट्टामा चोट, अवस्था सामान्य
५। शेर बि।क। १९ वर्ष — मुख, कम्मर र टाउकोमा चोट, अवस्था सामान्य
६। मोहन बिष्ट २८र२ वर्ष, चालक — दुबै खुट्टा तथा टाउकोमा चोट, अवस्था मध्यम
७। सरस्वती ओझा १८ वर्ष— भित्री शरीरमा चोट, अवस्था सामान्य
८। लाल बहादुर बिष्ट ३५ वर्ष — छातिमा चोट, अवस्था मध्यम
९। दिल्ली राज ओझा २५ वर्ष — दुबै खुट्टामा चोट, अवस्था सामान्य
१०। बिष्ना ओझा २३ वर्ष — दुबै हात र खुट्टामा चोट, अवस्था सामान्य
११। सन्तोष बिष्ट २२ वर्ष — टाउकोमा चोट, अवस्था सामान्य
१२। दिपेश ओझा ४ वर्ष — शरीरमा चोट, अवस्था सामान्य

प्रहरीका अनुसार जिप सडकको कच्ची र बिग्रिएको भागमा पुगेपछि अनियन्त्रित बन्दै खोल्सामा खसेको प्रारम्भिक बुझाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।