सोमबार · २६ असोज २०८३ काठमाडौं२४°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुदुरपश्चिमको लगातार चौथो जित,लुम्बिनी ७ विकेट ले पराजित

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : सुदूरपश्चिम रोयल्सले नेपाल प्रिम्रियर लिग (एनपिएल) सिजन–२ मा लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथा जित हात पारेको छ ।
  • प्रतियोगितामा लुम्बिनीको भने यो लगातार तेस्रो हार हो ।
  • उसले अहिलेसम्म एक खेलमा मात्र जित हासिल गरेको छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : सुदूरपश्चिम रोयल्सले नेपाल प्रिम्रियर लिग (एनपिएल) सिजन–२ मा लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथा जित हात पारेको छ । 

प्रतियोगितामा लुम्बिनीको भने यो लगातार तेस्रो हार हो । उसले अहिलेसम्म एक खेलमा मात्र जित हासिल गरेको छ ।

बिहीबार लुम्बिनीले दिएको १ स ४४ रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओरभमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

 उसका लागि ओपनिङ ब्याटर विनोद भण्डारीले सानदार ब्याटिङ गरे । ४९ बलको सामना गरेका ५ उनले चौका र ४ छक्काको मद्दतमा अविजित ६९ रन बनाए ।

जारी प्रतियोगितामा भण्डारीको यो पहिलो अर्धशतक पनि हो । त्यस्तै, आसिफ शेखले ३९ तथा क्रिस लिनले १६ रनको योगदान दिए । 

लुम्बिनीका लागि बलिङमा अभिशेष गौतम, रुबेन ट्रम्पेलम्यान, तिलक भण्डारीले एक/एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङ गर्ने मौका पाएको लुम्बिनीले निर्धारित १९.४ ओभरमा अलआउट हुँदै गुमाएर १ सय ४३ रन बनायो । 

उसका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५, दिलीप नाथले ३१, डार्शी सर्ट र सुमित महर्जनले १८/१८ तथा गुलबदिन नाइबले ११ रन बनाए । 

सुदूरपश्चिमका लागि बलिङमा हरमित सिंह र अविनाश बोहराले तीन/तीन तथा हेमन्त धामीले दुई र स्कट कुगेलेइजनले एक हात पारे ।

यो जितपछि यसपालि पनि सुदूरपश्चिमले प्लेअफको टिकट सुरक्षित गर्ने लगभग पक्का भएको छ । उसले चार खेलबाट ८ अंक जोडिसकेको छ ।

सुदूरपश्चिमले अझै लिग चरणमा तीन म्याच खेल्न बाँकी छ । सुदूरपश्चिमले अब एक खेल जिते ढुक्कका साथै प्लेअफमा स्थान बनाउने छ ।

हारमा ह्याट्रिक गरेको लुम्बिनीको प्लेअफ यात्रा भने निकै कठिन बनेको छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।