सोमबार · २६ असोज २०८३ काठमाडौं२४°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बझाङको केदारस्यु गाउँपालिकाको गाउँसभा विशेष अधिवेशन सम्पन्न

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • केशब महरा रेडियो केदार : बझाङको केदारस्यु गाउँपालिकाको गाउँसभा विशेष अधिवेशन सम्पन्न भएको छ ।
  • गाउँ पालिकाको सभा हलमा आज उक्त अधिवेशन सम्पन्न भएको हो।
  • पालिकाले २०७४ साल यताको बेरजु सम्बन्धि छलफल गरेको छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

केशब महरा रेडियो केदार : बझाङको केदारस्यु गाउँपालिकाको गाउँसभा विशेष अधिवेशन सम्पन्न भएको छ । गाउँ पालिकाको सभा हलमा आज उक्त अधिवेशन सम्पन्न भएको हो। पालिकाले २०७४ साल यताको बेरजु सम्बन्धि छलफल गरेको छ ।

पालिकाले स्थानीय सरकार सञ्चालन देखिको बेरजु सम्बन्धि छलफल गरेको हो । महालेखा प्रतिबेदन उपरको विषयमा गाउँपालिकाले छलफल गरेको जनाएको छ । महालेखा प्रतिबेदनमा बझाङको केदारस्यु गाउँपालिकाको बेरजु सार्बजनिक गरेको छ ।

महालेखा परीक्षणले यस पालिकाको वि.स २०७४/०७५ मा ९५ लाख २१ हजार प्रारम्भिक बेरजु देखाएको छ ।
जसमा ५० हजार असुलि गर्नुपर्ने,८६ लाख ३६ हजार अनियमितता भएको,प्रमाण पेसमा २ लाख ५० हजार बेरजु आएको देखाएको छ ।

यस्तै केदारस्यु गाउँपालिकाको वि.स २०७५/७६ मा ८९ लाख १ हजार,बेरजु देखाएकोमा असुलि उपर गर्नुपर्ने २० लाख ७ हजार,यस्तै अनियमितता ४ लाख ९८ हजार,प्रमाण पत्र पेस गर्नुपर्नेमा ६० लाख ८६ हजार बेरुजु देखाएको छ । भने वि.स २०७६/७७ मा ७९ लाख ३१ ह्जार बेरजु देखाएकोमा असुलि उपर गर्नुपर्ने,२३ लाख ८२ हजार १८ लाख ८७ हजार अनियमितता भएको,प्रमाण पेस गर्नुपर्ने २७ लाख देखाएको महालेखा प्रतिवेदनले औल्याएको छ।

यस्तै ०७७/०७८ मा ११ लाख २३ हजार जम्मा बेरजु देखाएकोमा असुलि उपर २ लाख ५ सय ५६ अनियमितता ४ लाख ८० हजार प्रमाण पत्र पेस गर्नुपर्ने ४ लाख ३० हजार ७९ रहेको छ । २०७८ ७९ मा १२ करोड ४ लाख ७२ हजार ८९५ बेरजु देखाएकोमा असुल उपर ८ लाख ४२ हजार ९०२ रुपिया, अनियमितता ३ करोड ३० लाख४५ हजार ९ सय यस्तै प्रमाण पेस गर्नुपर्नेमा ३ करोड ६५ लाख ७ हजार ६६५ देखाएको छ।

२०७९/८० मा ५ करोड ३५ लाख ५३ हजार ९३५ बेरजु आएकोमा असुलि उपर २ लाख ८७ हजार ३७६ अनियमितता ३८ लाख ९३ हजार प्रमाण पत्र पेस गर्नुपर्नेमा ४ करोड २४ लाख ८९ हजार ९१६ महालेखाको प्रतिवेदनले औल्याएको छ । २०८०/०८१ मा २ करोड ४८ लाख ८८ हजार ९८९ पैसा बेरजु देखाएको छ ।

असुलि उपर १ लाख ४३ हजार २२६ देखाएकोमा,अनियमितता ९ लाख ७४ हजार ९०८,प्रमाण पत्र पेस गर्नुपर्नेमा २ करोड ११ लाख २१ ह्जार ३२० बेरजु देखाएको छ । यस्तै २०८२ मा १ करोड ७३ लाख २ हजार १०५ बेरजु असुल उपर १७ हजार ६३७,अनियमिततामा ६५ लाख २९ हजार ६०६ र प्रमाण पेस गर्नुपर्नेमा १ करोड ८ लाख ९४ हजार ८६५ बेरजु देखाएको छ ।

गाउँ सभा अधिवेशनमा उपस्थित जनप्रतिनिधिले पालिकाको समग्र बिकासमा सबैले एकजुट भएर लाग्नुपर्ने बताए। साथै उनिहरुले पालिका भित्रका रहेका सडक,स्वास्थ्य सस्था ,विध्यालय जस्ता सार्वजनिक सम्पत्तिमा सबैको ध्यान जानु पर्नेमा जोड दिए ।यस्तै पालिका अध्यक्ष गणेश बहादुर बोहराले पालिकाको विकासको लागि सबैजना डटेर लाग्नुपर्नेमा जोड दिनुभयो। यस्तै उहाँले पालिका भित्रका असाय विपन्न,गरिब परिवार,बाढीबाट प्रभावित बासिन्दा र छेत्रलाई प्राथमिकतामा राखेको औंल्याउनु भयो ।
कार्यक्रममा सभासचीव पालिका प्रमुख प्रशासकिय अधिकृत केशवराज भट्ट रहनुभएको थियो।

यस्तै कार्यक्रममा सभाअध्यक्ष पालिका अध्यक्ष गणेश बहादुर बोहरा रहनु भएको थियो। भने उपाध्यक्ष मनिसा धामी रहनु भएको थियो । कार्यक्रममा गाउँसभा सदस्य,पालिकाभित्र रहेका वडाका वडा अध्यक्ष,वडा सदस्य लगायत पालिकाका जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।