सोमबार · २६ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु,४जना घाइते

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
  • शिवनाथ गाउँपालिका–५ सुल्लेखानबाट मेलौली–२ सलेनातर्फ जाँदै गरेको से १ ज ७३२ नम्बरको जीप बुधबार राति ११ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
  • दुर्घटनामा मेलौली नगरपालिका–२ की २३ वर्षीया तुलसी पाण्डेयको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

शिवनाथ गाउँपालिका–५ सुल्लेखानबाट मेलौली–२ सलेनातर्फ जाँदै गरेको से १ ज ७३२ नम्बरको जीप बुधबार राति ११ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा मेलौली नगरपालिका–२ की २३ वर्षीया तुलसी पाण्डेयको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनलाई गम्भीर घाइते अवस्थामै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो ।

दुर्घटनामा मेलौली–२ का ३४ वर्षका हरि पाण्डेय, २८ वर्षका ओम पाण्डेय, ६५ वर्षका डम्बरदत्त पाण्डेय र दशरथचन्द नगरपालिका–७ का ३२ वर्षका चालक जनक बडू घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब १० मिटर तल खसेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो।

प्रहरीका अनुसार उक्त जीपमा पाँच जना मात्रै सवार थिए र उनीहरू बुधबार सम्पन्न शिवनाथ धामको जात्रा हेरेर फर्किरहेका थिए ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।