आइतबार · २५ असोज २०८३ काठमाडौं२०°C
KHABARTHALI NEWSROOM आइतबार २५ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

जेनजी समूहले बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दीको बिषयमा सिडिओ र समन्वय प्रमुखको गराए ध्यानाकर्षण

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • जेनजी समूहले बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको बिषयमा सिडिओ र समन्वय प्रमुखको ध्यानाकर्षण गरिएको छ ।
  • मंगलबार प्रमुख जिल्ला अधिकारी र समन्वय प्रमुखलाई जेनजीले उठाएको माग र बिषयबस्तुको बारेमा जानकारी गराएका हुन् ।
  • आफूहरूले उठाएका मागहरूका बिषयमा प्रजिअ र समन्वय समिति प्रमुखको उपस्थितिमा छलफल गरिनुपर्ने माग राख्दै आज उनीहरुको ध्यानाकर्षण गरिएको जेनजी अगुवा बिशाल भट्टले जानकारी दिए ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

जेनजी समूहले बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको बिषयमा सिडिओ र समन्वय प्रमुखको ध्यानाकर्षण गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी र समन्वय प्रमुखलाई जेनजीले उठाएको माग र बिषयबस्तुको बारेमा जानकारी गराएका हुन् ।

आफूहरूले उठाएका मागहरूका बिषयमा प्रजिअ र समन्वय समिति प्रमुखको उपस्थितिमा छलफल गरिनुपर्ने माग राख्दै आज उनीहरुको ध्यानाकर्षण गरिएको जेनजी अगुवा बिशाल भट्टले जानकारी दिए ।

युवाहरूले माग गरेका सूचना उपलब्ध गराउनु पर्ने र तत्काल स्वतन्त्र छानबिन समिति गठन गरिनु पर्ने,  युवाको क्षेत्रमा बजेट बिनियोज्न गरि तत्काल युवा परिषद गठन गरिनुपर्ने, दरबन्दीबिहिन करारका कर्मचारी खारेज गरिनु पर्ने,आलेप र मलेपले भने बमोजिमको असुलउपर गर्नु पर्ने रकम तुरुन्तै गर्नुपर्ने लगायतका मुख्य माग अघि सारिएका उनले बताए ।

आफुहरुले उठाएका मागको सुनुवाइ नहुदासम्म ताला नखुल्ने पनि अडान कायम रहेको भट्टले बताए । आफूहरूले गलत मनसायले गाउँपालिकामा तालाबन्दी नगरेको स्पष्ट पार्दै माग पूरा नभए सम्म ताला नखोलिने उनीहरुको बताएका छन् ।

यस्तै सुर्नयाको जेनजी समूह कुनैपनि प्रलोभनमा नपरी जनताको साथमा रहने र पालिकामा शुसासनको प्रत्याभूति दिन चाहेको जेनजी अगुवाहरूले स्पष्ट पारेका छन् ।

युवाहरूले उठाएको मागहरूको सुनुवाइ नभएको भन्दै गएको शुक्रबार जेनजी समूहले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।