बैतडी — बैतडीको सुर्नया गाउँपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद आचार्य सोमबार कार्यालयमा हाजिर हुने भएका छन्।
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको गाउँपालिकामा मन्त्रालयले आचार्यलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको थियो। तर उनी बिरामी भएको कारण देखाउदै कार्यालयमा झण्डै तिन महिना पछि उपस्थित हुन लागेका जनाइएको छ। सोमबार गाउँपालिकाको कार्यालयमा पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत गोबिन्द प्रसाद आचार्यले बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको प्रशासनिक तथा दैनिक कार्यसम्पादनमा प्रभाव परेको अवस्थामा आचार्यको आगमनसँगै नियमित प्रशासनिक कामकाज अघि बढ्ने अपेक्षा गरिएको छ।
यसअघि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहँदा सेवा प्रवाह तथा प्रशासनिक काममा समस्या देखिएको थियो।







पाठक प्रतिक्रिया ०