शुक्रबार · १६ असोज २०८३ काठमाडौं२४°C
KHABARTHALI NEWSROOM शुक्रबार १६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

एनपीएलका लागि कीर्तिपुर मैदानमा तयारी तीव्र, डीआरएस प्रयोगको तयारी

हरिशचन्द्र भाट
समाचार प्रमुख २३३ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • काठमाडौं ।
  • नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन तयारी तीव्र पारेको छ।
  • कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपीएलका लागि मैदानको आउटफिल्ड सुधार, पिच मर्मत, नयाँ स्कोरकार्ड बोर्ड तथा आधुनिक प्यारापिट निर्माणलगायतका काम अन्तिम चरणमा पुगेका छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन तयारी तीव्र पारेको छ।

कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपीएलका लागि मैदानको आउटफिल्ड सुधार, पिच मर्मत, नयाँ स्कोरकार्ड बोर्ड तथा आधुनिक प्यारापिट निर्माणलगायतका काम अन्तिम चरणमा पुगेका छन्।

प्रतियोगितालाई थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले यसपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोग गर्ने तयारीसमेत गरिएको छ। डीआरएसको प्रयोगले खेलका महत्वपूर्ण निर्णय पुनरावलोकन गर्न सहज हुने अपेक्षा गरिएको छ।

एनपीएलको तेस्रो संस्करणका लागि मैदानको भौतिक पूर्वाधारसँगै प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिइएको क्यानले जनाएको छ। यसले खेलाडी, अम्पायर तथा दर्शकका लागि प्रतियोगितालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।