सोमबार · १९ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

अस्ट्रेलियामा नेपाली ‘ए’ टोलीको परीक्षा,भोलि नर्दन टेरिटोरी स्ट्राइक सँग भिड्दै

हरिशचन्द्र भाट
समाचार प्रमुख २३७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • धनगढी ।
  • अस्ट्रेलियाको डार्विनमा आयोजना हुने Top End T20 Series मा सहभागी हुन पुगेको नेपाली ‘ए’ टोलीले भोली पहिलो खेल खेल्दैछ।
  • अनिल शाहको कप्तानीमा रहेको नेपाली टोलीले प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली Northern Territory Strike को सामना गर्नेछ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

धनगढी । अस्ट्रेलियाको डार्विनमा आयोजना हुने Top End T20 Series मा सहभागी हुन पुगेको नेपाली ‘ए’ टोलीले भोली पहिलो खेल खेल्दैछ।

अनिल शाहको कप्तानीमा रहेको नेपाली टोलीले प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली Northern Territory Strike को सामना गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ।

नेपाली टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका अनुभवी खेलाडीहरूको समेत सहभागिता रहेको छ। टोलीमा कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, लोकेश बम, शाहब आलम, राशिद खान र आकाश चन्दलगायत खेलाडी रहेका छन्।

नेपाली ‘ए’ टोलीले प्रतियोगितामा विभिन्न बलिया टोलीसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल ‘ए’ को खेल तालिका अनुसार अगस्ट २२ मा Bangladesh HP, अगस्ट २४ मा Hobart Hurricanes, अगस्ट २६ मा ACT Comets, अगस्ट २७ मा Kingsmen र अगस्ट २९ मा Victoria विरुद्ध खेल्नेछ।

गत संस्करणमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाली टोली यसपटक भने सुधारिएको प्रदर्शनसहित प्रतियोगितामा प्रभाव जमाउने लक्ष्यमा छ। युवा तथा अनुभवी खेलाडीको मिश्रण रहेको नेपाली टोलीका लागि Top End T20 Series आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आफूलाई प्रमाणित गर्ने महत्वपूर्ण अवसरका रूपमा समेत हेरिएको छ।

नेपाली क्रिकेट समर्थकहरूले ‘ए’ टोलीबाट यसपटक उत्कृष्ट प्रदर्शन र सुखद नतिजाको अपेक्षा गरेका छन्।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।