बैतडीमा दोस्रोपटक समान्य हिमपात

बैतडी : बैतडीमा दोस्रोपटक समान्य हिमपात भएको छ। मंगलबार राति जिल्लाका उच्च भेग रौलाकेदार धाम आस पासका छेत्र,सिगास धुरा,खोडपे, बाचपानी,अनारखोली, ढोल्यामोड स्रिभाबरमा हिमपात भएको हो ।

यसअघि पनि शुक्रबार राती हिमपातसहित हिउँदे वर्षा भएको थियो । 

दोस्रोपटक हिमपात र वर्षा भएपछी किसानहरू भने खुसि बनेका छन् ।  गहुँ,आलु लगायत हिउँदे बाली सप्रिने भएकाले किसानहरु खुसि भएका सुर्नया ०४ स्थानिय हरिसिंह महराले बताए।

हिमपातका कारण चिसो बढेकाले सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरूले आग्रह समेत गरेका छन्।

Exif_JPEG_420

Leave a Reply

Your email address will not be published. Required fields are marked *