सोमबार · २६ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

एनपिएलको फाइनलमा भोलि साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्ने

हरिशचन्द्र भाट
समाचार प्रमुख २४९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • धनगढी : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ ।
  • त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्दैछन् ।
  • पहिलो क्वालिफायरमा गएको मंगलबार विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

धनगढी : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्दैछन् ।

पहिलो क्वालिफायरमा गएको मंगलबार विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । लुम्बिनीले दोस्रो क्वालिफायरमा हिजो विराटनगरलाई ४० रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।

दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गएको वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ । गएको संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक उपाधी जित्ने दाउमा छ । लिग चरणमा भएको यी दुबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो ।

एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ, तेस्रो टोलीले २५ लाख रुपैयाँ र चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियोे ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।