शुक्रबार · २३ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM शुक्रबार २३ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

जन अपडेट डट कमका प्रबन्ध निर्देशक निराज रानाभाटलाई नेपाल डेरी एसोसिएशनद्वारा सम्मानित

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : जन अपडेट मिडिया एण्ड एडभर्टाइजमेन्ट प्रा.लि.
  • द्दारा संचालित जन अपडेट डट कम प्रबन्ध निर्देशक निराज रानाभाटलाई नेपाल डेरी एसोसिएशनले सम्मान गरेको छ ।
  • राजधानी काठमाडौंको नयाँ बानेश्वरस्थित अलकोभ होटलमा ‘ नियमित मोही सेवन, स्वस्थ र फुर्तिलो जीवन ’ भन्ने नाराका साथ पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा नेपाल डेरी एसोसिएशन एवं विभिन्न सरोकारवाला संस्थाहरुले आयोजना गरेको ‘ राष्ट्रिय मोही दिवस एवं राष्ट्रिय मोही सेवन अभियान शुभारम्भ कार्यक्रम – २०८१ ’ को अवसरमा रानाभाटलाई दुग्ध पदार्थ विविधीकरण अन्तर्गत मोहीको मौलिकता, उपयोगिता, व्यवसायिकता तथा बजारीकरण गरी मोहीको राष्ट्रिय प्रवर्द्दनमा मिडिया मार्फत निरन्तर योगदान पुर्‍याएको भन्दै दोसल्ला ओढाइ साथै सम्मान – पत्रद्दारा आज सम्मान गरिएको हो ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : जन अपडेट मिडिया एण्ड एडभर्टाइजमेन्ट प्रा.लि. द्दारा संचालित जन अपडेट डट कम प्रबन्ध निर्देशक निराज रानाभाटलाई नेपाल डेरी एसोसिएशनले सम्मान गरेको छ ।

राजधानी काठमाडौंको नयाँ बानेश्वरस्थित अलकोभ होटलमा ‘ नियमित मोही सेवन, स्वस्थ र फुर्तिलो जीवन ’ भन्ने नाराका साथ पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा नेपाल डेरी एसोसिएशन एवं विभिन्न सरोकारवाला संस्थाहरुले आयोजना गरेको ‘ राष्ट्रिय मोही दिवस एवं राष्ट्रिय मोही सेवन अभियान शुभारम्भ कार्यक्रम – २०८१ ’ को अवसरमा रानाभाटलाई दुग्ध पदार्थ विविधीकरण अन्तर्गत मोहीको मौलिकता, उपयोगिता, व्यवसायिकता तथा बजारीकरण गरी मोहीको राष्ट्रिय प्रवर्द्दनमा मिडिया मार्फत निरन्तर योगदान पुर्‍याएको भन्दै दोसल्ला ओढाइ साथै सम्मान – पत्रद्दारा आज सम्मान गरिएको हो ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले सम्मान – पत्र प्रदान गरेका हुन् । मोही जस्ता परम्परागत दुग्धजन्य पदार्थको उपभोगलाई बढावा दिने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय अभियानमा रानाभाटले आफ्ना समाचार सामग्रीमार्फत जनचेतना अभिवृद्धि र बजार विस्तारमा सघाएको भन्दै एसोसिएशनले धन्यवाद समेत व्यक्त गरेको छ । रानाभाट विगत १ दशकदेखि कृषि, आर्थिकलगायतका क्षेत्रमा कलम चलाइरहेका छन् ।

उक्त कार्यक्रमको आयोजना नेपाल डेरी एसोसिएसनको नेतृत्वमा पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, एसोसिएसन अफ नेपाली एग्रीकल्चरल र्जालिस्ट्स ( अनाज ), दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, कृषि उद्यम केन्द्र, केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ, कृषि तथा पशुपन्छी व्यवसायी संघ, रोटरी क्लब अफ कपनले संयुक्त रूपमा आयोजना गरेका हुन् । चैत २८ गतेदेखि मोही दिवस मनाउन थालिएको हो । हरेक वर्ष चैत २८ गतेलाई मोही दिवसको रुपमा मनाइने अभियानको थालनी बिहीबार काठमाडौंमा गरिएको हो ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।