बिहीबार · २२ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM बिहीबार २२ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

१५ औं बझाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता केदार स्यु गाउपालिकाको झोतामा उद्घाटन

हरिशचन्द्र भाट
समाचार प्रमुख २४५ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : १५ औं बझाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता झोतामा उद्घाटनस्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद बझाङको एकता , खेलकुद बिकाशका लागि हाम्रो प्रतिबद्धता ´´ भन्ने मुल नाराका साथ बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिकास्थित झोता बजारमा आयोजित १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि औपचारिक रुपमा सुरु भएको छ।
  • जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल सरकारका पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय भानुभक्त जोशी रहनुभएको थियो।
  • विशेष अतिथिको रुपमा सुदूरपश्चिम प्रदेशसभा सदस्य (क्षेत्र नं.
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : १५ औं बझाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता झोतामा उद्घाटनस्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद बझाङको एकता , खेलकुद बिकाशका लागि हाम्रो प्रतिबद्धता ´´ भन्ने मुल नाराका साथ बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिकास्थित झोता बजारमा आयोजित १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि औपचारिक रुपमा सुरु भएको छ।

जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल सरकारका पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय भानुभक्त जोशी रहनुभएको थियो। विशेष अतिथिको रुपमा सुदूरपश्चिम प्रदेशसभा सदस्य (क्षेत्र नं. ‘क’) माननीय दमन बहादुर भण्डारी सहभागी हुनुभएको थियो। समारोहको सञ्चालन सविता खड्काले गर्नुभएको थियो।

समारोहमा १२ वटै पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, विभिन्न सरकारी कार्यालय प्रमुख, सुरक्षाकर्मी, पत्रकार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। त्यस्तै, १२ वटै पालिकाबाट सहभागी विद्यार्थी खेलाडीहरू तथा स्थानीय दर्शकहरूको समेत बाक्लो उपस्थिती रहेको थियो।

उद्घाटन समारोहपूर्व सहभागी खेलाडीहरूले झोता बजारबाट भैरव माध्यमिक विद्यालयसम्म आकर्षक र्याली निकालेका थिए। समारोहमा आकर्षक मार्चपास, राष्ट्रिय गान, स्वागत मन्तव्य तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

उपाध्यक्ष मनिशा धामीले स्वागत मन्तव्य राख्दै, “खेलकुदको माध्यमबाट विद्यार्थीहरूमा नेतृत्व, अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास हुने भएकाले यस्ता प्रतियोगिताले शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान दिन्छ,” भन्नुभयो।

कार्यक्रमको औपचारिक उद्घाटन माननीय भानुभक्त जोशीले दिप प्रज्वलन गरेर गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूमा आत्मविश्वास, अनुशासन र देशभक्तिको भावना विकास गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताउँदै ग्रामीण क्षेत्रका लुकेका प्रतिभा उजागर गर्न प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले आफू निर्वाचित भए यता बझाङ जिल्लाको समग्र विकासलाई प्राथमिकता दिएको पनि उल्लेख गर्नुभयो।

यस अघि आफ्नो कब्जामा लिएको शिल्ड बुङल नगरपालिकाले खेलकुद बिकास समिति बझाङलाई बुझाएको छ। प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरू भोलिदेखि (सोमबार) सञ्चालन हुने छन्। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत २७ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।