Skip to content
Khabarthali Khabarthali Khabarthali
Khabarthali Khabarthali Khabarthali
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
Close

Search

Khabarthali Khabarthali Khabarthali
Khabarthali Khabarthali Khabarthali
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
Close

Search

समाचार

महालेखा परिक्षकको प्रतिवेदन:सुर्नयाका जनप्रतिनिधीहरुले आर्थिक पारदर्शीता राख्न सकेनन,

Unknown's avatar
By हरिशचन्द्र भाट
२०८१ चैत्र २५ गते, सोमबार १८:५३ 2 Min Read
0

बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा बेथिती बढेको छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार सुर्नयाका जनप्रतिनिधीहरुले आर्थिक पारदर्शीता राख्न सकेका छैनन् । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको २०८० सालको प्रतिवेदन अनुसार दोहोरो भत्ता, गाडी भाडा देखी पेश्की समेत जनप्रतिनिधीले लिएको पाइन्छ । सुदुरपश्चिम प्रदेश स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सम्बन्धी ऐन २०७५ (पहिलो सशोंधन) समेतको दफा ३ मा स्थानिय तहका पदाधिकारीले अनूसूची १(क),१(ख),१(ग) मा उल्लेख भएको भन्दा बढी हुने गरी सेवा सुबिधा दिन मिल्दैन । तर गाउँपालिकाका पदाधिकारीहरुले कानुन भन्दा दोब्बर बढी दोहोरो सुबिधा लिएको पाइएको छ ।

वडा अध्यक्ष मदन अवस्थीले कानुन अनुसार २४ हजार पाउनुपर्नेमा पालिकाबाट थप १४ हजार लिएको पाइएको छ । केशव बहादुर बिष्टले ३ हजार, भान बहादुर बोहराले १० हजार, भक्त बहादुर कुँवरले ७ हजार, प्रताप महराले १० हजार, शम्भु प्रसाद भट्टले ६ हजार, गणेश बहादुर बिष्टले ९ हजार, पार्वती मडैले ४ हजार बढी भत्ता लिएका छन् । यस्तै कमलापति भट्टले ४ हजार, निर्मला अवस्थीले ११ हजार र कमला चन्दले ४ हजार बढी भत्ता लिएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार यि पदाधिकारी तथा सदस्यहरुले ८५ हजार रुपयाँ असुल गर्नुपर्ने देखिएको छ । नियम बिपरित बुझेको भत्ता फिर्ता गर्न महालेखाले सुझाएको छ ।

यस्तै गाउँपालिकाका जनप्रतिनिधिहरुले कानुनमा नभएकै गाडी रिजर्ब सम्बन्धी बिषयमा रकम लिएको पाइएको छ । महालेखाको प्रतिवेदन अनुसार स्थानिय तहका पदाधिकारी एवं सदस्यहरुको सेवा, सुबिधा सम्बन्धी ऐनमा सरकारी साधन नभएका वडा अध्यक्षका लागी २ हजार र सदस्यलाई प्रति बैठक ५ सय रुपयाँ दिन मिल्ने उल्लेख छ । तर सुनर्या गाउँपालिकामा सवारी साधन भएकै वडा अध्यक्षहरुले यातायात खर्च लिएका छन्, भने एनमै नभएको गाडी भाडा वाफत समेत रकम लिएका छन् ।

गाडी भाडा वाफत गणेश बिष्ट, कमलापति बिष्ट, दासी ढोली र कमला चन्दले कार्यपालिका सदस्यहरुलाई बैठकमा आवतजावत गराउन भनी ८ हजार रुपयाँ बुझेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यस्तै गणेश बिष्ट, कमलापति बिष्ट, सम्भु शाह, दासी ढोली र कमला चन्दका नाममा थप ८ हजार ऐन बिपरितको खर्च देखिएको छ । यि लगायतका पदाधिकारी तथा सदस्यहरुका नाममा कानुन बिपरित गाडी भाडा लगायतका शिर्षकमा २ लाख ३४ हजार २ सय रकम निकाशा भएको छ । महालेखाले सो खर्चलाई नियम सम्मत नदेखिएको जनाएको छ ।

यि सगैं अन्य बिभिन्न शिर्षकमा सुर्नया गाउँपालिकाले मनलाग्दी खर्च गरेको पाइएको छ । महालेखाले गाउँपालिकालाई खर्चमा मितब्ययिता अपनाउन सुझाव दिएको छ ।

Unknown's avatar
Author

हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबरथली डट कम का डेस्क सम्पादक हुन। उनी समसामयिक विषयमा कलम चलाउछन✍️

Follow Me
Other Articles
Previous

नेपाली राष्ट्रिय क्रिकेट टोली आज हङकङ जाँदै,बुधबार देखि खेलहरु सुरु हुने

Next

गाउँ गाउँमा सिहं दरबार,वडा र पालिकाबाट दोहोरो भत्ता,मोटरसाइकल हुँदा हुँदै भाडामा गाडी

No Comment! Be the first one.

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

You May Have Missed

सबै

रास्वपा बैतडीको जिल्ला अधिवेशन शनिबार पाटनमा हुँदै

Manmohan singh Bist
By Manmohan singh Bist
२०८३ जेष्ठ २२ गते, शुक्रबार १६:०१
सबै

तित्यादेउ–चौड गोराखला सडक उद्घाटन, आवज जावतमा सहयोग पुग्ने अपेक्षा

Manmohan singh Bist
By Manmohan singh Bist
२०८३ जेष्ठ २० गते, बुधबार ०९:४७
सबै

श्री राष्ट्रिय मा.वि. फाटीगडा को ७ सदस्यीय नया विद्यालय व्यवस्थापन समिति गठन

हरिशचन्द्र भाट
By हरिशचन्द्र भाट
२०८३ जेष्ठ १३ गते, बुधबार २०:४४
सबै

२०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट प्रतियोगिताका मे ३१ बाट शुरुहुने ,नेपाल ग्रुप’ए’ मा

हरिशचन्द्र भाट
By हरिशचन्द्र भाट
२०८३ जेष्ठ ५ गते, मंगलवार २२:२३

हाम्रो बारेमा

बैराथ मिडिया नेटवर्क प्राइभेट लिमिटेड कम्पनी द्वारा संचालित खबर थली अनलाइन पत्रिका ।khabarthali.com

सूचना विभाग दर्ता नं : ३०५३४९/०७९/०८०

सम्पर्क: ९८४८८३५५२३, 9847530171

बिज्ञापनका लागि सम्पर्क : 9847530171 / ९८४८८३५५२३

mail@khabarthali.com

सम्पादक : लोकेन्द्र ब. टेर

संवाददाता : मनमोहन सिंह बिस्ट, हरिशचन्द्र भाट, केशब सिंह धामी, किरन महरा।

बजार, व्यवस्थापक : निर्मला महरा, 9848835523

PRIVACY POLICY

Copyright 2023 — Khabarthali. All rights reserved.