
गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा पर्ने बुढीगण्डकी नदीमा कालो लेदोसहितको भीषण बाढी आएको छ। बाढीले सल्लेरी बजार बगाएको छ भने जगत बजारमा समेत ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।स्थानीय विशाल घालेका अनुसार बाढीले दुवै बजार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। चुमनुब्री गाउँपालिकाको चेर्काम्पा क्षेत्रमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि एक्कासि बाढी आएको हुन सक्ने आशङ्का गरिएको छ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार आइतबार बिहान ठूलो आवाजसहित नदीको बहाव अचानक बढेको थियो। बाढी तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेकाले नदी किनार तथा आसपासका जोखिमयुक्त बस्तीका बासिन्दालाई तत्काल सुरक्षित र अग्लो स्थानमा जान आग्रह गरिएको छ।स्थानीय बासिन्दालाई नदी किनारमा नबस्न र प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न अनुरोध गरिएको छ।
बाढीबाट भएको कुल भौतिक क्षति, मानवीय क्षति तथा उद्धार कार्यबारे विस्तृत विवरण आउन बाँकी छ।







पाठक प्रतिक्रिया ०