मंगलबार · २७ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM मंगलबार २७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

मेयर बालेन पदबाट राजिनामा दिने तयारीमा

हरिशचन्द्र भाट
समाचार प्रमुख २४९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • धनगढी : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन ले आगामी प्रतिनिधिसभा निर्वाचनअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने र बालेन शाहबीच बृहत् एकतामा हस्ताक्षर भएसँगै बालेन औपचारिक रूपमा राजनीतिमा आएका छन् ।
  • एकतापछि बालेन शाह फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

धनगढी : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन ले आगामी प्रतिनिधिसभा निर्वाचनअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने र बालेन शाहबीच बृहत् एकतामा हस्ताक्षर भएसँगै बालेन औपचारिक रूपमा राजनीतिमा आएका छन् ।

एकतापछि बालेन शाह फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् । सोही कारण उनले मेयर पदबाट राजीनामा दिने तयारी थालेका स्रोतको भनाइ छ। राजीनामा दिने ठोस मिति भने अझै तय भइनसकेको भए पनि पुसको अन्तिमतिर राजीनामा दिने तयारीमा बालेन रहेको बताइएको छ।

यसैबीच निर्वाचन आयोगले आइतबार र सोमबार सबै राजनीतिक दललाई समानुपातिकतर्फको बन्द सूची बुझाउन समय तोकेको छ। आज बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछाने बिच बालेन रास्वपाबाट चुनाव लड्ने र प्रधानमन्त्री हुने सहमति भएको थियो ।

काठमाडौँ महानगरपालिकामा बालेनको कार्यकाल अझै १६ महिना बाँकी छ । तर प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार हुने भएपछि उनले राजीनामा दिने तयारी गरेका हुन् ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।