मंगलबार · २७ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM मंगलबार २७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

जापानको भिसा लाग्यो पियारी’—वैदेशिक पलायनको पीडा बोकेको नयाँ देउडा गीत चर्चामा

Manmohan singh Bist
संवाददाता ४८ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी: नेपाली युवाहरूको वैदेशिक रोजगारीप्रतिको बाध्यता, पीडा र मनभित्रको द्वन्द्वलाई कलात्मक रूपमा प्रस्तुत गरिएको नयाँ देउडा गीत ‘जापानको भिसा लाग्यो पियारी’ यतिबेला टिकटकदेखि युट्युबसम्म व्यापक रूपमा चर्चामा आएको छ।
  • छोटो समयमै सामाजिक सञ्जालमा भाइरल बनेको यो गीतले हजारौं युवाको मन छोएको छ।देशभित्र पर्याप्त अवसर नपाउँदा खाडी मुलुकदेखि जापानसम्म पुग्न बाध्य नेपाली युवाहरूको वास्तविक जीवनकथालाई गीतमा समेटिएको छ।
  • “कहिलेसम्म हामी नेपाली युवाले अरूको भूमिमा श्रम बेचेर जीवन चलाउनुपर्ने?” भन्ने गम्भीर प्रश्न गीतले उठाएको छ।गीतका सर्जक तथा गायक एनडी ठाकुरे (ND Thaqure) ले आफ्नै पाँच वर्षको वैदेशिक बसाइको अनुभव गीतमार्फत व्यक्त गरेका छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी: नेपाली युवाहरूको वैदेशिक रोजगारीप्रतिको बाध्यता, पीडा र मनभित्रको द्वन्द्वलाई कलात्मक रूपमा प्रस्तुत गरिएको नयाँ देउडा गीत ‘जापानको भिसा लाग्यो पियारी’ यतिबेला टिकटकदेखि युट्युबसम्म व्यापक रूपमा चर्चामा आएको छ। छोटो समयमै सामाजिक सञ्जालमा भाइरल बनेको यो गीतले हजारौं युवाको मन छोएको छ।
देशभित्र पर्याप्त अवसर नपाउँदा खाडी मुलुकदेखि जापानसम्म पुग्न बाध्य नेपाली युवाहरूको वास्तविक जीवनकथालाई गीतमा समेटिएको छ। “कहिलेसम्म हामी नेपाली युवाले अरूको भूमिमा श्रम बेचेर जीवन चलाउनुपर्ने?” भन्ने गम्भीर प्रश्न गीतले उठाएको छ।
गीतका सर्जक तथा गायक एनडी ठाकुरे (ND Thaqure) ले आफ्नै पाँच वर्षको वैदेशिक बसाइको अनुभव गीतमार्फत व्यक्त गरेका छन्। उनले भावुक हुँदै भने,
“पाँच वर्ष विदेश बस्दा जीवनले धेरै कुरा सिकायो। दुःख, पीडा, थकान—सबै भोगियो। प्रदेशमा हिँड्दा कहिलेकाहीँ आफैँलाई सम्हाल्न पनि गाह्रो हुन्छ। तर मनभित्र कतै न कतै एउटा सानो स्वर भने अझै बाँकी छ—‘धैर्य राख।’”
गीतमा प्रेम, विछोड, सपना र बाध्यताको संगम देखिन्छ। जापानको भिसा हात परेपछि खुसी र पीडाबीच दोधारमा परेको युवाको कथा गीतको मूल भाव हो।
एनडी ठाकुरे र रश्मिका मल्लको अभिनय रहेको यो गीतलाई रमेश ‘बिजुली’ले निर्देशन गरेका हुन्। गीतमा एनडी ठाकुरे र गौरी भट्टको सशक्त स्वर सुन्न सकिन्छ।
गीतका शब्द एनडी ठाकुरेकै हुन् भने संगीत शेरी औजीले भरेका छन्।
देउडा भाकालाई आधुनिक प्रस्तुतिसँग मिसाएर तयार गरिएको यो गीतले परम्परागत लोकशैलीलाई नयाँ पुस्तासँग जोड्न सफल भएको सांगीतिक समीक्षकहरू बताउँछन्। विशेषगरी टिकटकमा बनाइएका भावुक भिडियोहरूले गीतको प्रभाव झनै बढाएको छ।
हाल यो गीत ND Thaqure Music युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ, जहाँ दर्शकले पूर्ण भिडियो अवलोकन गर्न सक्नेछन्। छोटो समयमै उल्लेख्य भ्युज र सकारात्मक प्रतिक्रिया पाएको गीतले नेपाली युवाको सामूहिक पीडालाई आवाज दिएको प्रतिक्रिया आएका छन्।
‘जापानको भिसा लाग्यो पियारी’ केवल एउटा गीत मात्र नभई, आजको नेपाली समाजको यथार्थ प्रतिबिम्ब बनेको छ—जहाँ सपना आफ्नै देशमा देखिए पनि पूरा गर्न परदेशिनु पर्ने बाध्यता अझै हट्न सकेको छैन।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।