सोमबार · २६ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

भुवा पर्वको सार्बजनिक बिदाको दिन शिगास माविले गर्यो,अभिभावक अन्तरक्रिया एवम् बस्ती भेटघाट कार्यक्रम

हरिशचन्द्र भाट
समाचार प्रमुख २४९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं.
  • ३ गुरुडामा रहेको श्री शिगास माध्यमिक विद्यालय गौरीशंकर पोखरी विद्यालयले आफ्नो वार्षिक शैक्षिक कार्ययोजना २०८२ अनुसार पौष ४ गते शुक्रबारका दिन अभिभावक अन्तरक्रिया एवं बस्ती भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
  • विद्यालय सेवा क्षेत्र भित्रका पाँच वटा वडा अन्तरगतका १२ वटा स्थानहरुमा अभिभावक, विद्यार्थी, शिक्षक र समितिका पदाधिकारीहरु बिच भेला राखी अन्तरकृया एवं बस्ती भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं. ३ गुरुडामा रहेको श्री शिगास माध्यमिक विद्यालय गौरीशंकर पोखरी विद्यालयले आफ्नो वार्षिक शैक्षिक कार्ययोजना २०८२ अनुसार पौष ४ गते शुक्रबारका दिन अभिभावक अन्तरक्रिया एवं बस्ती भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय सेवा क्षेत्र भित्रका पाँच वटा वडा अन्तरगतका १२ वटा स्थानहरुमा अभिभावक, विद्यार्थी, शिक्षक र समितिका पदाधिकारीहरु बिच भेला राखी अन्तरकृया एवं बस्ती भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । बालबालिकाहरुका खराब आनिबानी सुधार गर्न, कुलतबाट बचाउन, शैक्षिक गुणस्तरमा बृद्धि गर्न, समुदाय र विद्यालय बिचको सम्बन्ध प्रगाढ बनाउन, भौगोलिक दुरीका कारण विद्यालयमा घेटभाट गर्न नपाएका अभिभावलाई भेटघाटमा पहुच बृद्धि गर्न, विद्यालय प्रति अभिभावकको अपनत्व बृद्धि गर्न, विद्यालयका आगामी योजनाहरुका लागि अभिभावकहरु बाट आवश्यक सुझाव सल्लाह संकलन गर्नका साथै विद्यालयको चौतर्फि विकासमा समुदायलाई जिम्मेवार बनाउने उद्धेश्यका साथ यस अभियानको थालनी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताउन भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आज भुवा पर्वको सार्बजनिक बिदा दिएको भएतापनी यस विद्यालयमा कार्यरत रहेका सबै शिक्षक शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी र सल्लाहकार समितिका पदाधिकारीहरु गरेर १२ वटा समूह बनाई आ आफ्नो जिम्मेवारी लिएका टोलहरुमा गई अन्तरक्रिया कार्यक्रम संचालन गरेको विद्यालयका प्रधानाध्यापक मान बहादुर चन्दले बताउन भएको छ ।

अन्तरक्रिया कार्यक्रममा बालबालिकाहरुले मोबाईल बढी चलाउने, भनेको नमान्ने, जिद्धि गर्ने, पढाईमा ध्यान नदिने, गृहकार्य नगर्ने, विद्यालय बाट पठाएका पत्रहरु घरमा नपुर्याउने समस्याहरु बालबालिकामा देखापरेका छन् भने कक्षा कोठामा समेत बालबालिकाहरु टोलाएर बस्ने गरेको विद्यालयले जनाएको छ । विद्यालयले थालनी गरेको बस्ती भेटघाट तथा अन्तरक्रिया कार्यक्रम वर्तमान परिवेशमा अति आवश्यक हुनका साथै यो कार्यक्रम प्रभावकारी रहेको पाटन नगरपालिका शिक्षा शाखा प्रतिनिधी बृखराज भट्टले बताउन भएको छ । २०२२ सालमा खुलेको यस विद्यालयका हाल कक्षा १२ सम्मको पठनपाठन भईरहेको छ भने ३८२ जना बालबालिकाहरु अध्ययन गरीरहेका छन् । बिहान ९ बजे देखी दिउँसो ३ बजे सम्म फरक फरक समय र स्थानमा संचालन गरेको कार्यक्रममा शिक्षक र समितिका पदाधिकारीहरु सहितको १२ वटा टिम बनाएर फिल्ड परिचालन गरेको र आफुले राङ्गाजुजौना, सल्लेबासा, तिलकुडाँ, धुरा र गुरुडा गरेर पाँच वटा कार्यक्रममा सहभागि भएको अध्यक्ष भाटले बताउन भयो ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।