सोमबार · २६ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बझाङको बित्थडचिरमा रहेको सुनकुडा माध्यमिक विद्यालय को ६४औ वार्षिकोत्सब समारोह सम्पन्न

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • रेडियो केदार बझाङ : बझाङको बित्थडचिर गाउँपालिका-९ मा रहेको सुनकुडा माध्यमिक विद्यालयले स्थापना भएको ६ दशकपछि वार्षिकोत्सब मनाएको छ ।
  • विद्यालयले पहिलोपटक औपचारिक रुपमा ६४ औं वार्षिकोत्सब मनाएको हो ।
  • २०१७ सालमा स्थापना भएको विद्यालयले सप्ताहव्यापी विविध कार्यक्रम सम्पन्न गर्दै सोमबार एक विशेष समारोहकाबीच वार्षिकोत्सव मनाएको विद्यालय प्रशासनले जनाएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

रेडियो केदार बझाङ : बझाङको बित्थडचिर गाउँपालिका-९ मा रहेको सुनकुडा माध्यमिक विद्यालयले स्थापना भएको ६ दशकपछि वार्षिकोत्सब मनाएको छ । विद्यालयले पहिलोपटक औपचारिक रुपमा ६४ औं वार्षिकोत्सब मनाएको हो ।

२०१७ सालमा स्थापना भएको विद्यालयले सप्ताहव्यापी विविध कार्यक्रम सम्पन्न गर्दै सोमबार एक विशेष समारोहकाबीच वार्षिकोत्सव मनाएको विद्यालय प्रशासनले जनाएको छ।

वार्षिकोत्सवलाई लक्षित गर्दै विद्यालयले विज्ञान सामग्री प्रदर्शनी कार्यक्रम आयोजना गरेको थियोे । उक्त प्रदर्शनीमा जिल्लाका ९ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो। विद्यार्थीमा विज्ञानप्रतिको रुचि तथा व्यवहारिक ज्ञान अभिवृद्धि गराउन आयोजना गरिएको प्रदर्शनीमा भैरव माध्यमिक विद्यालय झोता प्रथम, आयोजक विद्यालय सुनकुडा द्वितीय, शिक्षोदय माध्यमिक विद्यालय बागथला तृतीय, र जनप्रिय माध्यमिक विद्यालय बगडगाउँ सान्त्वना भएको विद्यालयले जनाएको छ।

प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका विभिन्न विज्ञान सामग्री प्रदर्शन गरिएको थियो। विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा, सहकार्य र विद्यार्थीको सिर्जनात्मक क्षमतालाई उजागर गर्न प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक मदनबहादुर बमले बताउनुभएको छ ।

प्रतियोगितामा प्रथम विद्यालयलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई ७ हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। यस्तै, सप्ताहव्यापी अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो। वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने, अनुशासित र उच्च जिपिए प्राप्त गर्ने विद्यार्थीलाई समेत सम्मान गरिएको विद्यालयले जनाएको छ।कार्यक्रमका क्रममा विद्यालयमा योगदान पुर्‍याउने व्यक्तित्व, संस्थापक तथा जग्गादातालाई कदरपत्र तथा सम्मान प्रदान गरिएको थियो।

शिक्षक अभिभावक संघका अध्यक्ष धर्म मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्ल प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा १ देखि ९ नम्बर वडाध्यक्ष, विभिन्न जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, अभिभावक, शिक्षक तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो। प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठी, सुरक्षा निकायका प्रमुख तथा सामाजिक विकास कार्यालय प्रमुख प्रयागराज जोशी समेत उपस्थित भएका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयको समग्र प्रगति, विद्यार्थीको सक्रियता तथा शिक्षक अभिभावकको सहकार्यप्रति प्रशंसा गर्नुभएको थियोे । विज्ञान प्रदर्शनीमार्फत विद्यार्थीको व्यवहारिक ज्ञान र सिर्जनात्मकता मजबुत बनेको भन्दै यस्ता कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तर उकास्न सहयोग गर्ने धारणा वक्ताहरूले राखेका थिए ।

वक्ताहरूले आगामी दिनमा प्रविधिमैत्री सिकाइ, गुणस्तरीय शिक्षा र सह-पाठ्यक्रम गतिविधिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै विद्यालयलाई अझ प्रतिस्पर्धी शिक्षालयका रूपमा विकसित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको सञ्चालन शिक्षक जयराज अवस्थीले गर्नुभएको थियो।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।