सोमबार · २६ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नयामा मतदाता परिचयपत्र बनाउने नागरिकको लागि निशुल्क बस सेवा सञ्चालनमा आउने

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : सुर्नया गाउँपालिका वडा नं २ ग्वाननी घर भइ हाल राेजगारीकाे सिलसिलामा भारतकाे हैदराबादमा रहेका समाजसेवी युवा बिनाेद बहादुर विष्टले निर्वाचनका लागि मतदाता परिचयपत्र बनाउन  सुर्नयाबासीका लागि सदरमुकाम सम्म जान नि:शुल्क बस सेवा प्रदान गर्ने जेन्जी युवा विशाल भट्टले बताए ।
  • यो सेवा मतदाता परिचयपत्र बनाउन बाँकी रहेका सुर्नयाबासीले लिन पाउने उनले बताए ।
  • उनका अनुसार, गाउँ–सहरका नागरिकलाई नाम दर्ता केन्द्रसम्म पुग्न सहयोग पुर्‍याउनका लागि नि:शुल्क यातायात सेवाकाे व्यवस्था गरिन लागिएको हाे ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : सुर्नया गाउँपालिका वडा नं २ ग्वाननी घर भइ हाल राेजगारीकाे सिलसिलामा भारतकाे हैदराबादमा रहेका समाजसेवी युवा बिनाेद बहादुर विष्टले निर्वाचनका लागि मतदाता परिचयपत्र बनाउन  सुर्नयाबासीका लागि सदरमुकाम सम्म जान नि:शुल्क बस सेवा प्रदान गर्ने जेन्जी युवा विशाल भट्टले बताए ।

यो सेवा मतदाता परिचयपत्र बनाउन बाँकी रहेका सुर्नयाबासीले लिन पाउने उनले बताए । उनका अनुसार, गाउँ–सहरका नागरिकलाई नाम दर्ता केन्द्रसम्म पुग्न सहयोग पुर्‍याउनका लागि नि:शुल्क यातायात सेवाकाे व्यवस्था गरिन लागिएको हाे ।

बस सेवा दैनिक बिहानदेखि सञ्चालन हुने छ । यसका लागि सुर्नयाका ८ ओटै वडामा सम्पर्क ताेकि व्यक्ति ताेकिएका र सम्बन्धित व्यक्तिले सहजिकरण गर्ने बताइएकाे छ ।

नागरिक सहभागिता बढाउन र कसैलाई पनि मताधिकारबाट वञ्चित हुन नदिन यो सेवा सुरू गरिएको समाजसेवी विष्टले बताए ।

गाउँका दुर्गम बस्तीहरूमा रहेका नागरिकहरूको आर्थिक अभाव र पहुँचको कठिनाइलाई दृष्टिगत बस सेवा सुरु गरिएकाे उनकाे भनाई छ ।

समाजसेवी बिष्टले कार्तिक १० गते परेकाे   आफ्नो जन्मदिनको अवसरमा प्रेरणादायी सामाजिक पहलका रूपमा मतदाता परिचयपत्र बनाउन बाँकी रहेका सुर्नया गाउँपालिकाका सबै नागरिकहरूका लागि सुर्नया देखि जिल्ला सदरमुकाम गढी सम्म आवागमनका लागि निःशुल्क बस सुविधा उपलब्ध गराउने छन् ।

याे बस सेवा कार्तिक १७ गते बिहान देखि रिगा सन्सेरीमाण्डौ सतबाझ देखि जिल्ला प्रसाशन कार्यालय बैतडी सम्म सञ्चालन हुने जेन्जी  युवा भट्टले बताए ।

विष्ट करिब एक दशक देखि समाजसेवाामा सक्रिय छन्  । उनले गत वर्ष पनि जन्मदिनमा सुर्नया गाउँपालिका केन्द्र, सबै वडा, सामुदायिक  विद्यालय, प्रहरी चाैकी केही स्वास्थ्य संस्थाहरुमा भित्ते घडी वितरण गरेका थिए ।

दुखमा परेका नागरिहरुलाई  व्यक्तिगत र समाजिक  सञ्जाल मार्फत सहयाेग गर्दै आएका समाजसेवी विष्ट पछिल्लो  समय  सुर्नयामा मात्रै नभई  समग्र बैतडीबासी माझ प्रिय छन् ।

बस सेवाका लागि तल लिष्टमा रहेका व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।