सोमबार · २६ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा जात्राको रौनक सुरु

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी ।
  • सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा यतिबेला जात्राको रौनक सुरु भएको छ।
  • दशैं–तिहारका रमाइला क्षणहरू सकिएसँगै गाउँ–बस्तीमा परम्परागत जात्रा र मेलाहरूले उत्सवमय माहोल सिर्जना गरेका छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा यतिबेला जात्राको रौनक सुरु भएको छ। दशैं–तिहारका रमाइला क्षणहरू सकिएसँगै गाउँ–बस्तीमा परम्परागत जात्रा र मेलाहरूले उत्सवमय माहोल सिर्जना गरेका छन्।

स्थानीय समुदायले हरेक वर्ष परम्परागत रीति अनुसार मनाइने जात्रा यसपटक पनि धुमधामका साथ आयोजना भइहेको बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०४ का निवर्तमान वडा अध्यक्ष दिनेश प्रशाद भट्टले जानकारी दिनुभयो।

बिषेश गरी बैतडी, डडेलधुरा, दार्चुला, बाजुरा र अछाममा अहिले जात्रा (जात)को रौनक छाएको हो।जात्रामा परम्परागत नाचगान, देउडा, स्थानिय बाजा दामाह ले गाउँभरि उत्साहको लहर फैलिएको छ।

जात्रामा गाउँका बुढापाका र बालबालिका समेत सहभागी हुँदा जात्रा केवल मनोरञ्जन नभई एकताको प्रतीक समेत बनेको छ।

परम्परागत जात्राले गाउँमा भेटघाट, मेलमिलाप र सामुदायिक भावना बलियो बनाउँछ। यस्ता उत्सवहरूले पुरानो संस्कृतिको संरक्षण मात्र होइन, नयाँ पुस्तालाई आफ्नै पहिचानप्रति गर्व महसुस गराउँछ पछिल्लो समय यस्ता सस्कृति लोपहुने अवस्थामा छन हाम्रो सस्कृतिलाई लोप हुन दिनु हुन्न हामी युवाहरुले जाग्नुपर्छ युवा दिनेश महराले भन्नुभयो ।

यसपटकका जात्रामा धार्मिक झाँकी, खेलकुद प्रतियोगिता र स्थानीय उत्पादनको प्रदर्शन पनि गरिएको छ। केही ठाउँमा भने मेला व्यापारको रूप लिँदै स्थानिय अर्थतन्त्रलाई समेत टेवा पुगेको छ भने सुदूर पहाडका जिल्लाहरुमा अहिले जात्रा “जात”को रौनक छाएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।