आइतबार · २५ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM आइतबार २५ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको पाटनमा मोटरसाइकल दुर्घटना १ जना को मृत्यु

Manoj Mahara
विकासकर्ता ८१ समाचार · अनुभवी लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी जिल्लाको पाटन -४ मा भएको एक दुःखद मोटरसाइकल दुर्घटनामा परी पाटन नगरपालिकाका एक पुरुषको ज्यान गएको छ।
  • दुर्घटनामा पाटन नगरपालिका–६, सुकेलीका अन्दाजी ५८ वर्षीय प्रेमसिंह बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले पुष्टि गरेको छ।
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूका अनुसार, बिष्ट बिहीबार दिउँसो करिब ४ बजे सिउडे जाने भन्दै घरबाट निस्किएका थिए।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी जिल्लाको पाटन -४ मा भएको एक दुःखद मोटरसाइकल दुर्घटनामा परी पाटन नगरपालिकाका एक पुरुषको ज्यान गएको छ। दुर्घटनामा पाटन नगरपालिका–६, सुकेलीका अन्दाजी ५८ वर्षीय प्रेमसिंह बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूका अनुसार, बिष्ट बिहीबार दिउँसो करिब ४ बजे सिउडे जाने भन्दै घरबाट निस्किएका थिए। राति अबेरसम्म घर नफर्किएपछि घरपरिवारले खोजीका लागि प्रहरीमा खबर गरेका थिए।

खोजी गर्ने क्रममा शुक्रबार बिहान दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ को अन्नाडी मोडबाट करिब एक सय मिटर तल खसेको अवस्थामा बिष्टको शव फेला परेको थियो। प्रहरी निरीक्षक बडूका अनुसार, बिष्टले चलाएको सुपप्र ०१–०११ प ७१५१ नम्बरको मोटरसाइकल पनि सडकबाट तल खसेको अवस्थामा भेटिएको छ। प्रारम्भिक अनुसन्धानले मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखाएको छ।मृतक बिष्टको शवलाई हाल प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा पोष्टमार्टमका लागि राखिएको छ। घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।