शनिबार · १७ असोज २०८३ काठमाडौं२०°C
KHABARTHALI NEWSROOM शनिबार १७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको सुर्नयामा प्रथम ‘सिगास एकता कप’ खुला पुरुष भलिबल प्रतियोगिता हुँदै

हरिशचन्द्र भाट
समाचार प्रमुख २३५ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी ।
  • विजयादशमीको अवसरमा बैतडीमा प्रथम ‘सिगास एकता कप’ जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
  • सुर्नया गाउँपालिका–६, मुसरौटे, मोतीनगरस्थित सिगास माध्यमिक विद्यालयका भूपू विद्यार्थीहरूको आयोजनामा प्रतियोगिता हुन लागेको हो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी । विजयादशमीको अवसरमा बैतडीमा प्रथम ‘सिगास एकता कप’ जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

सुर्नया गाउँपालिका–६, मुसरौटे, मोतीनगरस्थित सिगास माध्यमिक विद्यालयका भूपू विद्यार्थीहरूको आयोजनामा प्रतियोगिता हुन लागेको हो।

आयोजकका अनुसार प्रतियोगिता २०८३ साल असोज २८, २९ र ३० गते सञ्चालन हुनेछ। खेल बिहान ८ बजेदेखि सुरु हुने जनाइएको छ। प्रतियोगितामा सहभागी हुन चाहने टोलीले असोज २७ गते बिहान १० बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ।

प्रतियोगितामा टिम दर्ता शुल्क रु. ३ हजार ५ सय तोकिएको छ। विजेताले रु. २२ हजार २२२, उपविजेताले रु. ११ हजार १११ र तृतीय हुने टोलीले रु. ६ हजार ६६६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिता नकआउट प्रणालीमा खेलाइने आयोजकले जनाएको छ। प्रतियोगितामा बैतडी जिल्लाबाहिरका खेलाडीले समेत सहभागिता जनाउन सक्ने भए पनि बाहिरका खेलाडी खेलाएको पाइएमा सम्बन्धित टिमलाई प्रतियोगिताबाट डिस्क्वालिफाइ गरिने नियम राखिएको छ।

1000013026

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।