बझाङको केदारस्यु०१ का स्थानिय बर्थिङ सेन्टरलाई लिएर उग्र,अनुगमन पछि निर्णय गर्ने पालिकाको भनाई

केशब महरा (रेडियो केदार) : बझाङको केदारस्यु गाउँपालिका १ का स्थानिय बर्थिङ सेन्टरलाई लिएर उग्र बनेका छन । उनिहरु आज पालिकामा आफ्नो माग राख्दै पालिकामा आन्दोलन मात्रिएका हुन । आफुहरुले एक वडा एक बर्थिङ सेन्टर हुनुपर्छ भन्दै आफ्ना विभिन्न मागहरू अघि सार्दै पालिका गुहारेका थिए।स्थानीयहरुको सिम,डुडेल कनडा,तीन गाउलाई समेट्दै बर्थिङ सेन्टरलाई डुडेलमा हुनुपर्ने स्थानियहरुको माग रहेको थियो।
यता गाउपालिकाले सबै गाउँलाई समेट्दै बर्थिङ सेन्टर स्थापना डुडिलचौरमा रहेको भवानी माबिको आसपासमा राख्ने निर्णय गरेको थियो। तर स्थानिय भने पालिकाको निर्णयप्रति असुन्तुष्ट छन ।

उनिहरुले आफ्ना माग पूरा गर्न पालिकाका जनप्रतिनिधिलाई गुहारेका हुन । स्थानियहरु आफुहरुले चाहेको ठाउँमा हुनुपर्ने भनाइ रहेको छ । तर यता गाउपालिकाले भने १ नम्बर वडा र ९ नम्बर वडालाई दुईटै वडाको पायक पर्ने ठाउँलाई ध्यानमा राख्दै डुडिल्चौरमा स्थापना गरेको थियो तर यता स्थानिय भने पालिकासगं पहिला डुडेलमा राख्ने निर्णय भएको र अहिले अन्नन्त्रै निर्माण गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन ।पालिका संग उनीहरुले बर्थिङ सेन्टर डुडेलमा हुनुपर्ने,सुत्केरी महिलाले बाटो मै ज्यान गुमाउन नपर्ने जस्ता माग अघि सारेर आन्दोलनमा उत्रिएका थिए।

स्थानिय गाउँपालिकाले आफ्नो समस्या बुझिदिन पालिका सगं आग्रह गरेको छन यसैबिच उनीहरुले यस अघि पनि पटक पटक आफुहरुले पालिका धाउदै गरेको तर आफ्नो समस्या समाधान नभएको गुनासो समेत गरेका छन।

स्थानीयहरुले आफ्ना समस्या अब समाधान गर्ने नत्र आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन । बेला बेला आफुले पालिका धाउदा समेत समस्या जस्ताका त्यस्तै रहेको एक स्थानीय युवाको भनाई छ । साथै स्थानीयहरुले विगतमा बाटोमै गर्ववति महिलाले ज्यान गुमाउनु पर्ने बाध्यता रहेको गुनासो गर्नु भयो । उनीहरुले आफ्ना माग ३० गते भित्र सम्बोधन गर्न पालिका जनप्रतिनिधि भेटेका छन।

यता पालिकाले भने ३० गते भित्र स्थलगत अनुगमन गरेर पायक पर्ने ठाउँमा राख्ने निर्णय गर्ने बताएको छ ।

पालिका अध्यक्ष गणेश बहादुर बोहराले आफुहरुले पालिकामा बैठक बसालेर समिती गठन गरेर स्थलगत अनुगमन गर्नुपर्ने बताउनु भयो उहाले भन्नुभयो तपाईं हामी एक घरका परिवार हौ हामी एक जुट भएर अगाडी बढनु पर्छ आन्दोलन भन्दा सहमतीय बाटोमा जानुपर्छ´´यस्तै पालिका उपाध्यक्ष मनिसा धामीले हामी समाज एक भयर बस्नुपर्नेमा जोड दिनु भयो उहाँले भन्नुभयो सबै मिलेर समाधानको बाटोमा जानुपर्छ हामी घरकै मान्छे स्थानीयको समस्या सुन्न हामी यो अवस्थामा हौ।

यस्तै उपाध्यक्ष मनिसा धामीले अनुगमन गरेर समाधान गर्न सकिने बताउनु भयो । पालिकाले स्थलगत अनुगमन पछि मात्र निर्णय गरिने जनाएको छ ।
स्वास्थ जस्तो संबेदनसिल पाटोलाई पालिकाले निर्णय गरि समाधान गर्न जरुरी देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *