शुक्रबार · २३ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM शुक्रबार २३ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

शिक्षा मन्त्रालयले फेरि बोलायो आन्दोलनरत शिक्षकहरूलाई वार्तामा

Manmohan singh Bist
संवाददाता ४८ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षक कर्मचारीका प्रतिनिधिलाई फेरि वार्तामा बोलाएको छ।
  • मन्त्रालयका प्रवक्ता (सहसचिव) शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै भोलिका लागि वार्तामा बोलाएका हुन्।
  • यसअघि मन्त्रालयले यही चैत २१ र २२ गते छलफल र परामर्शका लागि शिक्षक कर्मचारीका प्रतिनिधिहरूलाई वार्तामा बोलाएको थियो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षक कर्मचारीका प्रतिनिधिलाई फेरि वार्तामा बोलाएको छ। मन्त्रालयका प्रवक्ता (सहसचिव) शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै भोलिका लागि वार्तामा बोलाएका हुन्। यसअघि मन्त्रालयले यही चैत २१ र २२ गते छलफल र परामर्शका लागि शिक्षक कर्मचारीका प्रतिनिधिहरूलाई वार्तामा बोलाएको थियो।

‘भोलि मिति २०८१–१२–२७ गतेका दिन वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक–कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः आमन्त्रण गरिन्छ। साथै, वार्ता र संवादको समय तालिका आपसी सल्लाहअनुसार तय गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८० प्रतिनिधिसभामा पेस भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा गत माघ २० गतेदेखि सुरु भएको आन्दोल एकहप्तादेखि काठमाडौँमा जारी छ।

उक्त विधेयक पारित गरेर शिक्षा ऐन जारी गर्नु नै एक सूत्रीय माग भएकोले वार्तामा बस्नुको कुनै औचित्य नभएको महासंघले बताएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘वार्ताको कुनै आवश्यकता र औचित्य छैन। विगतमा सरकार र महासंघबीच भएका सहमतिअनुसार शिक्षा ऐन जारी हुनुपर्छ। हामीसँग बस्ने समय पनि ऐन निर्माणमै खर्चनुहोस्।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोमबार एक सार्वजनिक कार्यक्रममार्फत शिक्षकहरूलाई वार्ताको आह्वान गरेका थिए। प्रधानमन्त्रीको भनाइ थियो, ‘सडकमा गएर सुत्नु पर्दैन। दुःख पाउन पर्दैन। आउनुस्, कुरा गरौं, त्यसको समाधान गरौं।’

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।