शुक्रबार · २३ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM शुक्रबार २३ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

गाउँ गाउँमा सिहं दरबार,वडा र पालिकाबाट दोहोरो भत्ता,मोटरसाइकल हुँदा हुँदै भाडामा गाडी

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी,सुर्नया:बैतडीको सुर्नया गाउपालिका अहिले विवादमा तानिएको छ।महालेखापरीक्षक ले सार्बजनिक गरेको प्रतिबेदन मा सुर्नया का जनप्रतिनिधि र क्रमचारीहरूले पाउनु पर्ने रकम भन्दा धेरै लिएइको पाइए पछि अहिले सुर्नया गाउपालिका को चर्को बिरोध भइरहेको हो।महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको २०८० सालको प्रतिवेदन अनुसार दोहोरो भत्ता, गाडी भाडा देखी पेश्की समेत जनप्रतिनिधीले लिएको पाइन्छ ।सुदुरपश्चिम प्रदेश स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सम्बन्धी ऐन २०७५ (पहिलो सशोंधन) समेतको दफा ३ मा स्थानिय तहका पदाधिकारीले अनूसूची १(क),१(ख),१(ग) मा उल्लेख भएको भन्दा बढी हुने गरी सेवा सुबिधा दिन मिल्दैन ।
  • तर गाउँपालिकाका पदाधिकारीहरुले कानुन भन्दा दोब्बर बढी दोहोरो सुबिधा लिएको पाइएको छ महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको २०८० सालको प्रतिवेदन अनुसार दोहोरो भत्ता, गाडी भाडा देखी पेश्की समेत जनप्रतिनिधीले लिएको पाइन्छ ।
  • सुदुरपश्चिम प्रदेश स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सम्बन्धी ऐन २०७५ (पहिलो सशोंधन) समेतको दफा ३ मा स्थानिय तहका पदाधिकारीले अनूसूची १(क),१(ख),१(ग) मा उल्लेख भएको भन्दा बढी हुने गरी सेवा सुबिधा दिन मिल्दैन ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी,सुर्नया:बैतडीको सुर्नया गाउपालिका अहिले विवादमा तानिएको छ।
महालेखापरीक्षक ले सार्बजनिक गरेको प्रतिबेदन मा सुर्नया का जनप्रतिनिधि र क्रमचारीहरूले पाउनु पर्ने रकम भन्दा धेरै लिएइको पाइए पछि अहिले सुर्नया गाउपालिका को चर्को बिरोध भइरहेको हो।
महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको २०८० सालको प्रतिवेदन अनुसार दोहोरो भत्ता, गाडी भाडा देखी पेश्की समेत जनप्रतिनिधीले लिएको पाइन्छ ।
सुदुरपश्चिम प्रदेश स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सम्बन्धी ऐन २०७५ (पहिलो सशोंधन) समेतको दफा ३ मा स्थानिय तहका पदाधिकारीले अनूसूची १(क),१(ख),१(ग) मा उल्लेख भएको भन्दा बढी हुने गरी सेवा सुबिधा दिन मिल्दैन । तर गाउँपालिकाका पदाधिकारीहरुले कानुन भन्दा दोब्बर बढी दोहोरो सुबिधा लिएको पाइएको छ

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको २०८० सालको प्रतिवेदन अनुसार दोहोरो भत्ता, गाडी भाडा देखी पेश्की समेत जनप्रतिनिधीले लिएको पाइन्छ । सुदुरपश्चिम प्रदेश स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सम्बन्धी ऐन २०७५ (पहिलो सशोंधन) समेतको दफा ३ मा स्थानिय तहका पदाधिकारीले अनूसूची १(क),१(ख),१(ग) मा उल्लेख भएको भन्दा बढी हुने गरी सेवा सुबिधा दिन मिल्दैन । तर गाउँपालिकाका पदाधिकारीहरुले कानुन भन्दा दोब्बर बढी दोहोरो सुबिधा लिएको पाइएको छ

वडा अध्यक्ष मदन अवस्थीले कानुन अनुसार २४ हजार पाउनुपर्नेमा पालिकाबाट थप १४ हजार लिएको पाइएको छ । केशव बहादुर बिष्टले ३ हजार, भान बहादुर बोहराले १० हजार, भक्त बहादुर कुँवरले ७ हजार, प्रताप महराले १० हजार, शम्भु प्रसाद भट्टले ६ हजार, गणेश बहादुर बिष्टले ९ हजार, पार्वती मडैले ४ हजार बढी भत्ता लिएका छन् । यस्तै कमलापति भट्टले ४ हजार, निर्मला अवस्थीले ११ हजार र कमला चन्दले ४ हजार बढी भत्ता लिएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार यि पदाधिकारी तथा सदस्यहरुले ८५ हजार रुपयाँ असुल गर्नुपर्ने देखिएको छ । नियम बिपरित बुझेको भत्ता फिर्ता गर्न महालेखाले सुझाएको छ ।

यस्तै गाउँपालिकाका जनप्रतिनिधिहरुले कानुनमा नभएकै गाडी रिजर्ब सम्बन्धी बिषयमा रकम लिएको पाइएको छ । महालेखाको प्रतिवेदन अनुसार स्थानिय तहका पदाधिकारी एवं सदस्यहरुको सेवा, सुबिधा सम्बन्धी ऐनमा सरकारी साधन नभएका वडा अध्यक्षका लागी २ हजार र सदस्यलाई प्रति बैठक ५ सय रुपयाँ दिन मिल्ने उल्लेख छ । तर सुनर्या गाउँपालिकामा सवारी साधन भएकै वडा अध्यक्षहरुले यातायात खर्च लिएका छन्, भने एनमै नभएको गाडी भाडा वाफत समेत रकम लिएका छन् ।

गाडी भाडा वाफत गणेश बिष्ट, कमलापति बिष्ट, दासी ढोली र कमला चन्दले कार्यपालिका सदस्यहरुलाई बैठकमा आवतजावत गराउन भनी ८ हजार रुपयाँ बुझेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यस्तै गणेश बिष्ट, कमलापति बिष्ट, सम्भु शाह, दासी ढोली र कमला चन्दका नाममा थप ८ हजार ऐन बिपरितको खर्च देखिएको छ । यि लगायतका पदाधिकारी तथा सदस्यहरुका नाममा कानुन बिपरित गाडी भाडा लगायतका शिर्षकमा २ लाख ३४ हजार २ सय रकम निकाशा भएको छ । महालेखाले सो खर्चलाई नियम सम्मत नदेखिएको जनाएको छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।