डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
बैतडी : डोटी जिल्लाको आदर्श गाउँपालिका–१ मा शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
दुर्घटना दिउँसो १:४० बजे मौवाको खिराधारमा भएको हो।सुदूरपश्चिम प्रदेश ०१००१ ज १३९५ नम्बरको जिप आदर्श गाउँपालिका बाट मेल्लेख तर्फ जाँदै गर्दा करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
घटनाकाे थप विवरण आउन बाकी रहेकाे प्रहरीले बताएको छ ।