Popular Posts

कतारमा ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइँदै! 🇶🇦🇳🇵

दोहा, कतार । नेपाली आदिवासी जनजाति समुदायको भाषा, कला, संस्कृति र मौलिक पहिचानलाई प्रवासमा समेत जोगाउने उद्देश्यसहित कतारमा ३२औँ विश्व आदिवासी दिवस–२०२६ विविध सांस्कृतिक कार्यक्रमका साथ मनाइने भएको छ।
नेपाल आदिवासी जनजाति महासंघ, दोहा कतार तथा महासंघमा आबद्ध मातृ संस्थाहरूको संयुक्त आयोजनामा हुने कार्यक्रममा विभिन्न नेपाली आदिवासी जनजाति समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, शुभकामना आदान–प्रदान तथा पहिचान र अधिकारसम्बन्धी कार्यक्रम रहनेछन्।
🌏 यस वर्षको मूल सन्देश: ‘आदिवासी र कृत्रिम बुद्धिमत्ता : अधिकारको रक्षा, भविष्यको निर्माण’
📍 स्थान: DPS Monarch International School Hall, Al Wakrah
📅 दिन: आगामी शुक्रबार
⏰ समय: दिउँसो १२:३० बजेबाट
कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी, कलाकार तथा पत्रकारहरूलाई कार्यक्रममा उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *