Popular Posts

फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाउने बैतडीका महेन्द्र महरालाई ५३८ अमेरिकी डलर पुरस्कार

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–४ घर भएका नेपाली BCA विद्यार्थी तथा सफ्टवेयर डेभलपर महेन्द्र महराले फेसबुक प्लेटफर्ममा रहेको सुरक्षा कमजोरी पत्ता लगाएर रिपोर्ट गरेबापत ५३८ अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।

महराले फेसबुकका अन्य प्रयोगकर्ताको अकाउन्टबाट OTP लगायतका संवेदनशील जानकारी अनधिकृत रूपमा हेर्न सकिने र त्यसको दुरुपयोग गरी अकाउन्टमा अनधिकृत पहुँच कायम गर्न सकिने सम्भावित सुरक्षा समस्या पत्ता लगाएका थिए।

उनले उक्त सुरक्षा कमजोरीबारे सम्बन्धित निकायलाई जिम्मेवार ढंगले रिपोर्ट गरेपछि Meta को Bug Bounty Program अन्तर्गत ५३८ अमेरिकी डलर पुरस्कार प्राप्त गरेका हुन्।

बैतडीको दुर्गम क्षेत्रबाट प्रविधिको क्षेत्रमा अघि बढेका महराले अन्तर्राष्ट्रिय स्तरको प्रविधि कम्पनीको सुरक्षा कमजोरी पहिचान गरी पुरस्कार प्राप्त गर्नु जिल्लाका साथै नेपालकै लागि गौरवको विषय बनेको छ।

महराको यो उपलब्धिले नेपाली युवा तथा BCA अध्ययनरत विद्यार्थीलाई साइबर सुरक्षा र सफ्टवेयर विकासको क्षेत्रमा अघि बढ्न थप प्रेरणा मिल्ने विश्वास गरिएको छ। उनको सफलताप्रति विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *