धान दिवसको अवसरमा सुर्नया–४ मा महिला किसानलाई सिल्पोलिन र तरकारीका बीउ वितरण
बैतडी। धान दिवसको विशेष अवसरमा सुर्नया गाउँपालिका–४ वडा कार्यालय ले महिला किसान समूह तथा महिला किसानहरूलाई सिल्पोलिन र विभिन्न तरकारीका बीउ वितरण गरेको छ।
वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा वडा अध्यक्ष प्रताप महराले महिला किसानहरूलाई सिल्पोलिन र तरकारीका बीउ हस्तान्तरण गर्दै कृषि उत्पादन वृद्धि, व्यावसायिक तरकारी खेतीको विस्तार तथा महिला सशक्तीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा अध्यक्ष महराले सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त गर्दै कृषिलाई आधुनिक, उत्पादनमुखी र आत्मनिर्भर बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
वडा कार्यालयले आगामी दिनमा पनि किसानमुखी कार्यक्रमलाई निरन्तरता दिँदै कृषि क्षेत्रको विकास र किसानको आयआर्जन वृद्धि गर्ने योजनाका साथ काम गर्ने जनाएको छ।