Skip to content
Khabarthali Khabarthali Khabarthali
Khabarthali Khabarthali Khabarthali
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
Close

Search

Khabarthali Khabarthali Khabarthali
Khabarthali Khabarthali Khabarthali
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
Close

Search

सबै

डिजिटल बैंकिङ ठगीमा बाशुलिङ स्वास्थ्य चौकी प्रमुखको ३ लाख रुपैयाँ चोरी, जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी

Unknown's avatar
By हरिशचन्द्र भाट
२०८३ जेष्ठ ३० गते, शनिबार २२:२८ 1 Min Read
0

बैतडी — डिजिटल बैंकिङमार्फत हुने साइबर ठगीको सिकार बनेका बाशुलिङ स्वास्थ्य चौकीका प्रमुख दलबहादुर बिष्टले दोषीलाई कारबाही गर्न र आफ्नो रकम फिर्ता गराइदिन सम्बन्धित निकायसँग माग गरेका छन्।

बिष्टका अनुसार २०८३ साल जेठ २८ गते मोबाइल प्रयोग गरिरहेका बेला खाताबाट रकम निकालिएको सन्देश प्राप्त भएको थियो। त्यसपछि उनले NIMB Smart एप खोल्न खोज्दा एप सञ्चालन हुन नसकेको र केही समयपछि बैंकमा पुगेर बुझ्दा आफ्नो खाताबाट रु. ३ लाख रकम नितेश कुमार सिंहको नाममा रहेको सानिमा बैंक, इटहरी शाखाको खातामा स्थानान्तरण भएको जानकारी प्राप्त भएको बताए।

घटनापछि आफू आर्थिक तथा मानसिक रूपमा निकै पीडित बनेको बताउँदै बिष्टले जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरीसमेत दर्ता गराइसकेको जानकारी दिएका छन्। उनले साइबर अपराधमा संलग्न व्यक्तिहरूको पहिचान गरी कडा कारबाही गर्न तथा पीडितलाई न्याय दिलाउन सरकारसँग आग्रह गरेका छन्।

डिजिटल बैंकिङ सेवा प्रयोग गर्ने सर्वसाधारण नागरिकको रकमको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित बैंक तथा नियामक निकायहरूले आवश्यक सावधानी अपनाउनुपर्ने उनको भनाइ छ। पछिल्लो समय विद्युतीय माध्यमबाट हुने बैंकिङ कारोबारमा ठगीका घटना बढ्दै गएको भन्दै यस्ता अपराध नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्।

पीडित बिष्टले गृहमन्त्री तथा सुरक्षा निकायप्रति विश्वास व्यक्त गर्दै दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाइने अपेक्षा गरेको बताएका छन्।

Unknown's avatar
Author

हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबरथली डट कम का डेस्क सम्पादक हुन। उनी समसामयिक विषयमा कलम चलाउछन✍️

Follow Me
Other Articles
AI Tools for Students
Previous

विद्यार्थीका लागि ४ उत्कृष्ट AI Tools for Students र प्रयोग गर्ने सही तरिका

No Comment! Be the first one.

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

You May Have Missed

सबै

डिजिटल बैंकिङ ठगीमा बाशुलिङ स्वास्थ्य चौकी प्रमुखको ३ लाख रुपैयाँ चोरी, जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी

हरिशचन्द्र भाट
By हरिशचन्द्र भाट
२०८३ जेष्ठ ३० गते, शनिबार २२:२८
AI Tools for Students
सबै

विद्यार्थीका लागि ४ उत्कृष्ट AI Tools for Students र प्रयोग गर्ने सही तरिका

Manoj Mahara
By Manoj Mahara
२०८३ जेष्ठ ३० गते, शनिबार २१:४२
सबै

प्रविधिको नयाँ मोड: एआई (AI) ले जागिर खोस्दैछ कि नयाँ अवसरको ढोका खोल्दैछ?

Manoj Mahara
By Manoj Mahara
२०८३ जेष्ठ ३० गते, शनिबार १५:१४
सबै सूचना र प्रविधि

सामाजिक सञ्जालमा ठगीको नयाँ लहर: ‘फ्री वर्ल्ड कप’ र ‘लट्री’ को प्रलोभनबाट यसरी जोगिनुहोस्

Manoj Mahara
By Manoj Mahara
२०८३ जेष्ठ ३० गते, शनिबार १४:१५

हाम्रो बारेमा

बैराथ मिडिया नेटवर्क प्राइभेट लिमिटेड कम्पनी द्वारा संचालित खबर थली अनलाइन पत्रिका ।khabarthali.com

सूचना विभाग दर्ता नं : ३०५३४९/०७९/०८०

सम्पर्क: ९८४८८३५५२३, 9847530171

बिज्ञापनका लागि सम्पर्क : 9847530171 / ९८४८८३५५२३

mail@khabarthali.com

सम्पादक : लोकेन्द्र ब. टेर

संवाददाता : मनमोहन सिंह बिस्ट, हरिशचन्द्र भाट, केशब सिंह धामी, किरन महरा।

बजार, व्यवस्थापक : निर्मला महरा, 9848835523

PRIVACY POLICY

Copyright 2023 — Khabarthali. All rights reserved.