कुखुराको खोर भित्र पसि कुखुरा खाने चितुवा पासोमा

Bykhabarthali

२०८१ आश्विन १२, शनिबार ०६:४४ गते २०८१ आश्विन १२, शनिबार ०६:४४ गते २०८१ आश्विन १२, शनिबार ०६:४४ गते
बैतडी–बैतडीमा एक चितुवा पासोमा परेको छ । स्थानीयहरुले स्यालका लागि थापेको पासोमा चितुवा परेको हो । जिल्लाको दशरथचन्द नगरपालिका –१ गुरुखोला खालमा स्थानीयले थापेको पासोमा शुक्रबार राति १२:३० बजेतिर चितुवा परेको हो । कुखुराको खोर भित्र पसेर कुखुरा खाएर हैरान पार्न थालेपछि किसानहरुले स्यालका लागि पासो थापेका थिए । उक्त पासोमा चितुवा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताए । पासोमा परेको चितुवाको उद्धारका लागि डिभिजन वन कार्यालयको टोली र प्रहरीको टोली घटनास्थलमा खटिएको छ । पासोमा परेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकहरुको टोली मगाउने काम भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *