Popular Posts

बैतडीमा ‘वान आवर सर्भिस’ सुरु हुँदै,

बैतडी असार ३१। जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले ‘One Hour Service (वान आवर सर्भिस)’ सञ्चालनमा ल्याउने भएको छ।

कार्यालयले जारी गरेको सूचनाअनुसार २०८३ साउन १ गतेदेखि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवाहरू आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई कार्यालय प्रवेश गरेको एक घण्टाभित्र उपलब्ध गराउने व्यवस्था गरिएको छ।

उक्त सेवाको औपचारिक घोषणा कार्यक्रम २०८३ साउन १ गते बिहान ९:०० बजे जिल्ला प्रशासन कार्यालय बैतडीको परिसरमा आयोजना गरिने जनाइएको छ। कार्यक्रममा नागरिक समाज, बुद्धिजीवी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणलाई उपस्थित हुन अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी डा. डिगेन्द्र भट्टराई द्वारा जारी सूचनामा सेवाप्रवाहलाई अझ छिटो, पारदर्शी र सेवामैत्री बनाउने उद्देश्यले यो सेवा सुरु गर्न लागिएको उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *