बैतडीको पुर्चौडी नगरपालिकाले तिन दिने बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

हरिशचन्द्र भाट बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाले तिन दिने बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
बैतडी समाज कैलाली र पुर्चौडी नगरपालिकाको सयुक्त आयोजनामा बैशाख महिनाको ५,६ र ७ गते पुर्चौडी बहुमुखी क्याम्पसको प्राङगणमा हुने पुर्चौडी नगरपालिका बडा नम्बर ०१ का वडा अध्यक्ष गणेश गडालले बताए।
शिविरमा हाडजोर्नी तथा नसारोग,पेट,छाती सुगर तथा दाँत सम्बन्धी चेकजाँच, साथैं आँखा सम्बन्धित सम्पूर्ण काम का साथैं बिभिन्न रोगहरुका उपचार तथा परामर्श दिइने नगरपालिकाको सुचंनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *