बैतडी बस दुर्घटना: एकको मृत्यु, १० जना घाइते
बैतडी, असार ५ बैतडीको दशरथचन्द नगरपालिका–४, शाहीलेकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
धनगढीबाट बैतडी सदरमुकाम आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र. ०१–००१ ख ३६४६ नम्बरको बस साँझ पौने ६ बजे अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
मृतक र घाइतेको विवरण दुर्घटनामा दशरथचन्द नगरपालिका–६ का ३५ वर्षीय वीरेन्द्रबहादुर चन्दको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा १० जना घाइते भएका छन्। घाइते हुनेहरूमा:
- दशरथचन्द न.पा.–४ का: लक्ष्मी ऐर (२७), हेमविक्रम जोशी (८), पूर्णदेवी जोशी (६०), पूजा कार्की (२२) र उनकी छोरी दृष्टि कार्की (३)
- दशरथचन्द न.पा.–२, देहीमाण्डौंका: ललिता लावड (२०) र जानकी लावड (३२)
- दशरथचन्द न.पा.–६ की: लक्ष्मी साउँद (३०)
- दशरथचन्द न.पा.–५ का: कर्णदेव भट्ट (५२)
- पाटन न.पा.–९, खोड्पेका: कविराज भट्ट (३५)
उपचार र अनुसन्धान जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहका अनुसार घाइतेमध्ये कविराज भट्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने अन्य घाइतेहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।
बसमा चालकसहित १२ जना सवार थिए। बसका चालक पाटन नगरपालिका–८ का ३७ वर्षीय केशवसिंह महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।