दृष्टिविहीन जग्गी सिंह महराको घर निर्माणका लागि सहयोग अभियान सञ्चालन
Updated on August 3, 2026
बैतडी । सुर्नया गाउँपालिका–४ निवासी दृष्टिविहीन जग्गी सिंह महराको परिवारका लागि सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले सुर्नया युथ क्लब, बैतडीले सहयोग अभियान सञ्चालन गरेको छ।
जिर्ण घरमा कष्टपूर्ण जीवन बिताइरहेको महरा परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले क्लबले आर्थिक, भौतिक तथा नैतिक सहयोगका लागि सम्पूर्ण सहयोगी मन, संघ–संस्था, समाजसेवी तथा शुभेच्छुकहरूमा अपिल गरेको हो।
अभियानमा सहयोग गर्न इच्छुक व्यक्तिहरूले जग्गी सिंह महराकी श्रीमती जयमति महराको नाममा रहेको NIMB बैंकको खाता नम्बर ०६५०५०८०२५१०७५ मा सहयोग रकम जम्मा गर्न सक्ने जनाइएको छ।
क्लबले सहयोगी हातहरूबाट प्राप्त हुने सानो–सानो सहयोगले समेत विपन्न परिवारका लागि सुरक्षित घर निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।