पाटनमा नगर शिक्षक, विद्यालय कर्मचारी र करार कर्मचारीको पारिश्रमिक २ हजार ५ सयले वृद्धि
पाटनमा नगर शिक्षक, विद्यालय कर्मचारी र करार कर्मचारीको पारिश्रमिक २ हजार ५ सयले वृद्धि
बैतडी:बैतडीको पाटन नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को लागि नगर शिक्षक तथा विधालय कर्मचारी र स्वास्थ्य लगायत अन्य पालिकाका करारका कर्मचारीहरुका लागि पारीश्रमीक वृद्धि गरेको छ ।नगरपालिकाले पारित गरेको आर्थिक वर्ष २०८३/८४को बजेटमा २ हजार ५ सयका दरले वृद्धि गरिएको नगरपालिकाले जनाएको छ ।विधालयका नगर शिक्षक स्वयंसेवक, वाल विकास शिक्षक र लेखापाल तथा स्वास्थ्यका करारका कर्मचारी र नगरपालिकाका करारका कर्मचारीको २ हजार ५ सयका दरले वृद्धि गरिएको समाजिक विकास समिति सयोजक हरिश बिष्टले जानकारी दिए ।सबै शिक्षकहरुको न्युनतम पारीश्रमीक पुर्याउनको लागि २ हजार ५ सय वृद्धि गरिएको शिक्षा साखा प्रमुख ललित कुमार पाण्डेयले जानकारी दिनुभयो ।
शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्नेगरी बजेट कार्यान्वयन हुने नगरपालिकाले जनाएको छ ।पेशागत सम्मानको लागि र राज्यले निर्धारण गरेको न्युनतम पारीश्रमीक मापदण्ड अनुसार पारीश्रमीक वृद्धि गरिएको नगर प्रमुख गौरी सिंह रावलले जानकारी दिनुभयो ।
यसैगरी संघीय सरकारले हालै जारी गरेको शिक्षा नियमावली कार्यान्वयन गर्ने पनि नगरपालिकाले जनाएको छ । विव्यस गठन, शिक्षक सरुवा, प्रअ नियुक्तिका विषयमा पनि कार्यान्वयन गरिने बताइएको छ । ” शिक्षम सरुवा लगायतका विषयमा इकाइबाट कार्यान्वयन भैरहेको छ, विव्यस गठनको हकमा नयाँ समिति गठन गर्दा कार्यान्वयन हुनेनै भयो, पुरानो पुनरगठनको हकमा परिपत्र आएपछि कार्यान्वयनमा जाने छ,” शिक्षा साखा प्रमुख पाण्डेयले भन्नुभयो ।पाटन नगरपालिकाले आगामी आर्थिक वर्षमा शैक्षिक सुधार कार्यक्रम अन्तरगत एक वडा एक नमुना विधालयको लागि ५० लाख बजेट विनियोजन गरेको छ ।उक्त कार्यक्रममार्फत सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र पूर्वाधार विकासमा लगानी गरिने